Play

पोखराको प्रतिभा माबिका पांच बिधार्थीले पाए ४ जीपीए

गुरुकुल खबर


पोखरा, पोखराको पाखिलेचोकस्थित प्रतिभा माध्यमिक विद्यालयका ५ जना विद्यार्थीले सोमबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ मा उच्चतम अंक ४.० जीपीए ल्याउन सफल भएका हुन् । विद्यालयका प्रिन्सिपल किरण सापकोटाका अनुसार विकल्प बास्तोला, ग्लोरी राना, लक्षिता राना, प्रसन्न ढकाल र स्विकार पौडेलले उत्कृष्ट नतिजा प्राप्त गरेका हुन । गत वर्ष प्रतिभा माध्यामिक विद्यालयबाट १ जनाले मात्र ४.० जिपिए ल्याएका थिए ।

कक्षा १२ मा उत्कृष्ट नतिजाका कारण चर्चामा आएको पोखराको प्रतिभा माविले एसइईमा यस वर्षको नतिजा समेत उत्कृष्ट भएको जनाएको छ । उक्त बिधालयबाट ३.६ देखि ४.० जिपिए प्राप्त गर्ने बिधार्थीको संख्या ४७ रहेको विद्यालयका प्राचार्य किरण सापकोटाले जानकारी दिए । १०७ विद्यार्थीहरु परिक्षामा सहभागी भएकोमा  ३.२ जिपिएभन्दा माथि ल्याउने ४५ जना, २.८ जिपिएभन्दा माथि ल्याउने १४ जना र २.४ जिपिए ल्याउने १ जना रहेको बिधालयले जनाएको छ।

यसैबीच विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले बिधालयमा आयोजित एक कार्यक्रममा एसइईमा इतिहास कायम गरेकोमा विद्यालयको सफलताप्रति खुसी व्यक्त गर्दै उत्कृष्ट नतिजासहित उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई एवं सफल र गौरवपूर्ण आगामी शैक्षिक यात्राको शुभकामना दिएका छन् । उनले उत्कृष्ट नतिजाको लागि निकै मेहनतका साथ क्रियाशील विद्यार्थी, शिक्षकशिक्षिका तथा अभिभावकमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे ।

नतिजा प्रकाशनको भोलिपल्ट अर्थात मंगलवार विद्यालयले अभिभावकका लागि आयोजना गरेको अभिमुखीकरण एवं बधाई ज्ञापन कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य सापकोटाले कक्षा ११ र १२ का लागि उत्कृष्ट शैक्षिक गन्तव्य प्रतिभा रहेको बताउँदै विद्यालयमा भर्ना खुल्ला भएको जानकारी दिए ।

सर्वोत्कृष्ट विद्यार्थीको रोजाई प्रतिभा रहने गरेको भन्दै प्राचार्य सापकोटाले पोखरा महानगरपालिकाबाट छात्रवृत्तिका लागि प्रक्रियामा सहभागी हुन र प्रतिभा नै पहिलो रोजाईमा राख्न सुझाव पनि दिए । विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ ।

२९ बैशाख २०८३, मंगलवार १९:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा