Play

गरिमा विकास बैंकलाई यस बर्षको ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड

गुरुकुल खबर


पोखरा, गरिमा विकास बैंक लिमिटेडले ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ को उपाधि हात पारेको छ । न्यु बिजनेस एज लिमिटेडले गत शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सीलेन्स अवार्ड्स’ को १० औँ संस्करणको अबसरमा गरिमा बैंकलाई उक्त अवार्डद्वारा सम्मान गरिएको हो ।

नेपाल सरकारका अर्थमन्त्री डा स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा भएको समारोहमा आयोजकले बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन । यो सम्मानले ग्राहकलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय र प्रविधिमैत्री सेवा प्रदान गर्ने बैंकको लक्ष्यमा थप हौसला मिलेको जनाउंदै बैंकले यो सफलताको श्रेय ग्राहक, सेयरधनी, कर्मचारी, नियामक निकाय र शुभचिन्तकहरूलाई दिएको छ ।

गरिमा विकास बैंकले यस अगाडी पनि विभिन्न प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरिसकेको छ । सन् २०२५ अगस्ट २९ मा भारतीय चेम्बर अफ कमर्सले आयोजना गरेको ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’ मा बैंकले ‘द बेस्ट बैंक’ र ‘बेस्ट एआई/एमएल इम्प्लिमेन्टेसन’ विधामा उत्कृष्टता पाएको थियो । सोही अवार्डमा बैंक ‘बेस्ट एमएसएमई एक्सेलेरेसन’ विधामा रनरअप भएको थियो ।

यसका साथै कर्पोरेट क्लब नेपालले सन् २०२५ फेब्रुअरी २५ मा आयोजना गरेको कार्यक्रममा बैंकले ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सीलेन्स २०२४’ पनि गरिमा बैंकले हात पारेको थियो ।

हाल गरिमा विकास बैंकले देशभर १२३ वटा शाखा कार्यालय र ५१ वटा एटिएममार्फत आफ्नो सञ्जाल विस्तार गरेको छ । नवीनतम् डिजिटल बैंकिङको प्रयोग गर्दै बैंकले करिब ९ लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।

३१ बैशाख २०८३, बिहीबार १०:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा