Play

आंफ्नो अनुकुलका आठवटा अध्यादेश आएपछि सरकारको सिफारिसमा बैशाख २८ गते संसदको अधिबेशन आव्हान

गुरुकुल खबर


काठमाडौँ, बालेन्द्र शाह नेतृत्वको बर्तमान सरकारले आगामी वैशाख २८ गते संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरे लगत्तै राष्ट्रपति पौडेलले बैशाख २८ गते दिउँसो २ बजे संसद्को अधिबेशन आव्हान गरेका छन । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकोमा राष्ट्रपति पौडेलले मंगलवार नै अधिबेशनको आव्हान गर्ने निर्णय गरेका हुन।

यस अगाडी सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संसद्को अधिबेशन आव्हान गरिसकेको भएपनि भोलिपल्ट नै सरकारले अधिबेशन रोक्न पुन सिफारिस गरेपछि राष्ट्रपति पौडेलले संसद अधिबेसन स्थगित गरेका थिए। संसद अधिबेशन स्थगित गरेर सरकारले बिभिन्न शिर्षकमा ८ वटा अध्यादेश स्वीकृतिको लागि राष्ट्रपतिकोमा पठाएकोमा सबै अध्यादेश जारी भैसकेको छन । जसका कारण करिब १ हजार ६ सय जनाको नियुक्ति एकैपटक खारेज भैसकेको छ भने कर्मचारीका दलगत ट्रेड युनियन समेत खारेज गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार ‘मन्त्रिपरिषद्ले आगामी वैशाख २८ गते दिउँसो २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। यस अधिवेशनमा सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक प्रावधान अनुसार जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने भएकाले त्यसअघि नै नीति तथा कार्यक्रम र प्रि-बजेट छलफलका लागि यो अधिवेशन आह्वान गरिएको हो ।

मन्त्रिपरिषद्को बैठकले संसदको आगामी अधिवेशनमा पेस गरिने विभिन्न विधेयकहरु र सरकारको कार्ययोजनाका विषयमा पनि छलफल गरेको छ । बैठकले संसदको बर्खे अधिवेशनका लागि आवश्यक प्रशासनिक र सुरक्षा तयारीका विषयमा पनि चासो राखेको थियो । बैठकमा सहभागी अन्य मन्त्रीहरुले पनि आ-आफ्नो मन्त्रालयका तर्फबाट संसदमा लैजानुपर्ने विधेयक र तयारीका बारेमा जानकारी गराएका थिए । बैठकले संसद अधिवेशनको व्यवस्थापनका लागि संघीय संसद सचिवालयसँग समन्वय गर्ने निर्णय समेत गरेको छ ।

२२ बैशाख २०८३, मंगलवार १९:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा