Play

अमलाचौर चापडाँडा टोल विकास संस्थामा नयाँ समिति अध्यक्षमा लक्ष्मण बराल

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडानं १३, आर्वास्थित अमलाचौर चापडाँडा टोल विकाश संस्थाको अध्यक्षमा लक्ष्मण प्रसाद बराल सर्वसम्मत चयन भएका छन बिगत दुई वर्षदेखि रिक्त रहेको समितिमा यही बैशाख १२ गते बसेको टोलका बासिन्दाहरुको भेलाले बराल अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको हो ।

बैशाख १९ गते देखि पूर्णता पाउने गरी गठित टोल विकास संस्थाको उपाध्यक्षमा रिता बराल, सचिबमा तोरण बहादुर बिक, सहसचिवमा ऋषिराम पराजुली र कोषाध्यक्षमा अमृत परियार चुनिए । कार्यसमिति सदस्यहरूमा सूर्य बहादुर परियार, लक्ष्मी देबकोटा, शारदा बराल र रोशनराज बराललाई चयन गरिएको छ ।

समितिको सल्लाहकारहरुमा टेकनाथ बराल, हरिबहादुर बराल, इन्द्रराज बराल, हरिप्रसाद बराल र बिष्णु अधिकारी छन् ।  नवगठित संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बरालले आफ्नो नेतृत्वले टोलको समग्र बिकाश निर्माण देखि नमुना टोल बनाउने अभियानमा सबै टोलबासीलाई एकतावद्ध भएर लाग्न आव्हान गरेका छन ।

२० बैशाख २०८३, आईतवार १८:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा