पोखरा, लेखनाथ नगर र आसपासका क्षेत्रमा रहेका नेवार समुदायको संस्था ‘लेखनाथ नेवा खल’को आठौं साधारण सभा एवं चौथो अधिवेशनले प्रकाशलाल श्रेष्ठको अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षद्वयमा बालगोपाल श्रेष्ठ र लीलबहादुर श्रेष्ठ, सचिवमा महेन्द्रकुमार श्रेष्ठ, सहसचिवमा राजु ताम्राकार र कोषाध्यक्षमा मिना श्रेष्ठ चयन भएका छन् ।
कार्यसमितिको सदस्यहरुमा प्रेमलाल श्रेष्ठ (रुपा देउराली), राजकुमार श्रेष्ठ (गगन नेवा), पृथ्वीनारायण श्रेष्ठ (समाज कल्याण), शरणकुमार प्रधान( गगन नेवा) र रुपनारायण श्रेष्ठ (गणेश नेवा) सर्वसम्मत रुपमा चयन भएको नबनिर्बाचित अध्यक्ष प्रकाशलाल श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए ।
साधारण सभा तथा अधिबेशनमा नेवा कला संस्कृति जगेर्नामा योगदान गर्ने गगन नेवा खलकी लक्ष्मी प्रधानलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष भैरवलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, गणेश नेवा खलका अध्यक्ष प्रेम लिगल, लेखनाथ मिसा पुच अध्यक्ष मिना श्रेष्ठ, मानबहादुर श्रेष्ठ, लीलबहादुर श्रेष्ठ, अर्जुन ताम्राकार, शरण प्रधान, सरु श्रेष्ठ, पवित्रा श्रेष्ठ, प्रथम उपाध्यक्ष गणेशकुमार श्रेष्ठ, प्रकाशलाल श्रेष्ठ, सचिव बालगोपाल श्रेष्ठ लगायतले नेवा संस्कृति र कलाको संरक्षणको लागि सामुहिक प्रयास आबश्यक रहेको कुरामा जोड दिएका थिए ।














