Play

बोट रेसमा स्विमिङपुल घाट प्रथम

गुरुकुल खबर


रेवान पोखराले आयोजना गरेको २३ आंंै पोखरा सडक महोत्सव अन्तर्गत डुङ्गा दौड प्रतियोगितामा स्विमिङपुल घाटको ए समुहले प्रथम स्थान हाँसिल गरेको छ । बसुन्धा पार्कदेखि बाराही मन्दिर घुमेर पुन ः

बसुन्धरा पार्क सम्मै सो दौड प्रतियोगिता भएको हो । विभिन्न ११ समुहले भाग लिएको प्रतियोगितामा २० मिनेट ४५ सेकेण्टमा निश्चित दूरी पार गर्दै स्विमिङपुल ए ले प्रथम स्थान हाँसिल गरेको हो । २० मिनेट ४८ सेकेण्डमा दूरी पार गरेको फेवा घाटले दोश्रो तथा २० मिनेट ५० सेकेण्डमा दौड पुरा गर्दै बाराही घाटको सी टोलीले तेश्रो स्थान हाँसिल ग¥यो ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय स्थान हाँसिल गरेका समुहले क्रमश नगद २०, १० र ५ हजार सहित प्रमाणपत्र पुरस्कार प्राप्त गरेको खेलकुद समिति सदस्य अनिल थापाले जानकारी दिए । विजयी टिमलाई रेवान पोखराका पूर्वाध्यक्ष बलराम पहारी, कार्यसमिति सदस्य विप्लव पौडेल, फेवा डुङ्गा व्यवसायी संघका अध्यक्ष बुद्धिबहादुर नेपाली लगायले पुरस्कार वितरण गरेका थिए ।

१८ पुष २०७८, आईतवार २०:२५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा