Play

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामाको मृत्यु

गुरुकुल खबर


काठमाडौं, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको ट्रकको ठक्करको कारण मृत्यु भएको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भएका ३३ बर्षीय इन्स्पेक्टर लामा गत चैत २९ गते अर्थात् आइतबार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका लामाको ललितपुरको ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचार भैरहेको थियो

आइतबार घाइते भएका लामाको उपचारको क्रममा मंगलबार मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँका प्रमुख नवराज अधिकारीले  जानकारी दिएका छन ।

गत आइतबार राति इन्स्पेक्टर लामा सवार बा प्र० २-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बा प्र ०३-००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिंदा उनि गम्भीर घाइते भएका थिए।

१ बैशाख २०८३, मंगलवार १५:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा