पोखरा, महिला पत्रकारहरुको संस्था सञ्चारिक समूह गण्डकी प्रदेशको अध्यक्षमा पत्रकार राधिका शर्मा कँडेल निर्वाचित भएकी छिन् । पोखरामा रहेर लामो समयदेखि बिभिन्न संचारमाध्यममा संलग्न राधिका शर्मा पछिल्लो समय राष्ट्रिय समाचार समितिमा फोटो पत्रकारको रुपमा कार्यरत छिन पोखरामा सम्पन्न संचारिका समूहको सातौं अधिवेशनबाट कँडेल अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयत गरिएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिवमा उमा आलेमगर, सचिवमा चन्द्रिका घिमिरे (अनिता) र कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) लाई चयन गरिएको छ । ११ सदस्यीय नयाँ कार्यसमितिको सदस्यमा शोभा नेपाल, रिना थापा (तानी), कृष्ण श्रेष्ठ (रोजी), विनाकुमारी थापा, सपना अधिकारी र देविका तामाङलाई चयन गरिएको छ।

अधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त दुर्गा भण्डारी, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, सञ्चारिका समूह नेपालका अध्यक्ष कमला पन्थी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, सञ्चारिका समूह नेपालका उपाध्यक्ष बसन्ती वास्तोला, पत्रकार महासंघ गण्डकीका महासचिव जमुना वर्षा शर्मा, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, सञ्चारिका समुह गण्डकीका पूर्व अध्यक्ष स्मिता अधिकारी लगायतले आआफ्नो भनाई राखेका थिए ।
संचारिका समूह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठले आंफ्नो कार्यकालमा भएका बिभिन्न कामहरुको बारेमा जानकारी दिंदै संस्थालाई थप गतिशील बनाउनुपर्ने कुरामा जोड दिईन उनले महिला पत्रकारहरुको हक हित र सुबिधाको लागि पत्रकारितासंग सम्बन्धित सबै संस्था र राज्यसमेत गम्भीर बन्नुपर्नेमा समेत जोड दिईन उक्त कार्यक्रमको संचालन समूहकी कोषाध्यक्ष उमा आले मगरले गरेकी थिइन । साधारण सभाले समुहकी अध्यक्ष कबिता श्रेष्ठले प्रस्तुत गरेको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष उमा आले मगरले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन पारित गरेको थियो ।















