Play

सन नेपाल लाइफ इन्स्योरेन्सका सिईओ अर्याल रिहा, निमित्त सिईओमा फुँयाल नियुक्त

गुरुकुल खबर


काठमाडौँ, धितोपत्र सम्बन्धि कसुरमा पक्राउ परेका सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल रिहा भएका छन् ।  जिल्ला सरकारी वकिल कार्यालयको निर्णय अनुसार सिईओ अर्याललाई रिहा गरिएको बुझिएको छ ।

चैत १६ गते काठमाडौँको पुतलीसडकबाट पक्राउ परेका अर्याललाई जिल्ला अदालत काठमाडौँले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

तर, दोस्रो पटक म्याद थप गर्न जिल्ला सरकारी वकिल कार्यालयले अस्वीकार गरेपछि उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ । रिहा भए पनि उनिविरुद्ध अनुसन्धान चलिरहने प्रहरीको भनाई छ ।

उनीमाथि इन्स्योरेन्सले कर्मचारीका लागि छुट्याइएको ४ लाख ८० हजार कित्ता सेयर वितरणमा मनोमानी गरेर आंफ्नो र आँफु निकटका व्यक्तिहरुको नाममा पारेको आरोप लागेको छ ।

यसैबीच, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँललाई नियुक्त गर्ने निर्णय गरेको छ। कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिले बैठकले सो निर्णय गरेको हो।

उनी कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुन्। फुयाँलले यसअघि आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा चार वर्ष सीईओकाे जिम्मेवारी सम्हालिसकेका छन्।

२६ चैत्र २०८२, बिहीबार २३:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा