पोखरा, नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल ‘अथक’को अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नयाँ समितिमा उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सहसचिवमा वसन्त चालिसे र कोषाध्यक्षमा गायत्री पराजुली निर्वाचित भएका छन् । समितिको एकजना सदस्यमा भेषराज पौडेल चयन गरिएको र बाँकी पछि मनोनयन गरिने बताइएको छ।
संघका सल्लाहकार लक्ष्मी थापा संयोजक एबम हीममाया पौडेल र अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले निर्बाचन प्रक्रिया अगाडी बढाएको हो । नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक थापासहित दुई जना सदस्य र सल्लाहकार डा. लक्ष्मीशरण अधिकारीले प्रमाणपत्र, टिका र खादा लगाएर स्वागत गरेका थिए ।

अधिवेशनको उद्घाटन समारोहमा संघका सल्लाहकार प्रा. डा. लक्ष्मीशरण अधिकारीले लेखकीय स्वतन्त्रता र लोकतन्त्रवादी लेखक–साहित्यकारहरूको जमघट हुने थलोका रूपमा लेखक संघ रहेको बताए । संघकी अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष इश्वरमणि अधिकारी, प्रदेश अध्यक्ष दीपक समीप, उपाध्यक्ष कमल पौडेल अथक र सचिव सञ्जय न्यौपाने ‘प्राञ्जल’ले आआफ्नो भनाई राखेका थिए ।















