Play

नेपाली लेखक संघ कास्कीमा नयाँ समिति, अध्यक्षमा कमल

गुरुकुल खबर


पोखरा, नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल ‘अथक’को अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नयाँ समितिमा उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सहसचिवमा वसन्त चालिसे र कोषाध्यक्षमा गायत्री पराजुली निर्वाचित भएका छन् । समितिको एकजना सदस्यमा भेषराज पौडेल चयन गरिएको र बाँकी पछि मनोनयन गरिने बताइएको छ।

संघका सल्लाहकार लक्ष्मी थापा संयोजक एबम  हीममाया पौडेल र अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले निर्बाचन प्रक्रिया अगाडी बढाएको हो । नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक थापासहित दुई जना सदस्य र सल्लाहकार डा. लक्ष्मीशरण अधिकारीले प्रमाणपत्र, टिका र खादा लगाएर स्वागत गरेका थिए ।

अधिवेशनको उद्घाटन समारोहमा संघका सल्लाहकार प्रा. डा. लक्ष्मीशरण अधिकारीले लेखकीय स्वतन्त्रता र लोकतन्त्रवादी लेखक–साहित्यकारहरूको जमघट हुने थलोका रूपमा लेखक संघ रहेको बताए । संघकी अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष इश्वरमणि अधिकारी, प्रदेश अध्यक्ष दीपक समीप, उपाध्यक्ष कमल पौडेल अथक र सचिव सञ्जय न्यौपाने ‘प्राञ्जल’ले आआफ्नो भनाई राखेका थिए ।

२३ चैत्र २०८२, सोमबार १३:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा