Play

चापाकोट-पोखरा सेवा समाजको अधिबेशन: दिपक पराजुली अध्यक्ष रहेको नयाँसमिति निर्बिरोध

गुरुकुल खबर


पोखरा, तत्कालिन चापाकोट गाउँ विकास समितिबाट पोखरा बजारमा आएर बसोबास गर्नेहरुले स्थापना गरेको ‘चापाकोट- पोखरा सेवा समाज’ले आंफ्नो स्थापनाको १९ औं बर्ष पुरा गरेर २० बर्षमा प्रवेश गरेको छ। स्थापनाको केहि बर्ष सक्रियतापूर्वक बिभिन्न काम गरेको संस्था केहि बर्ष करिब निष्क्रिय जस्तै बनेको भएपनि पछिल्लो केहि बर्ष यता संस्थाले आंफ्नो सक्रियता पुन बढाएको छ।

संस्थाले सामाजिक कार्यक्रम अन्तर्गत हालै पोखरा महानगरपालिका -२३ को कार्यालय अगाडी प्रतिक्षालयको निर्माण गरेको छ भने गत बर्ष स्थानीयस्तरमा भएका बिभिन्न सांस्कृतिक कार्यक्रममा आर्थिक एबम अन्य सहयोग गरेको थियो। यसका साथै समाजले रक्तदान कार्यक्रम र स्थानीय सिद्दबराह गुरुकुल आश्रमका बिधार्थी हरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो। यसका साथै चापाकोट क्षेत्रमा संचालन हुने विभिन्न कार्यक्रममा सहभागिता र सहयोग गर्ने, समाजका सदस्यहरुको बिचमा पुनर्मिलन  कार्यक्रम र उनीहरुको सुखदुखमा सहभागि बन्ने जस्ता गतिबिधि पनि समाजले संचालन गर्दै आएको छ।

यसका अतिरिक्त चापाकोट क्षेत्रको समग्र बिकासको लागि स्थानीय एबम प्रदेश सरकार र सरोकारवाला संस्था र निकायसंग लबिंग गर्ने काम पनि समाजले गर्दै आएको पोखरामा शनिबार आयोजित समाजको आठौँ बार्षिक साधारण सभा एबम पाँचौं अधिवेशनका अबसरमा जानकारी गराइएको छ । समाजको अध्यक्षको रुपमा दुई बर्षे कार्यकाल पुरा गरेका बिशेश्वर पराजुलीका अनुसार हाल १ सय ६८ जना आजिबन सदस्य रहेको संस्थासंग ६ लाख ७३ हजार रुपैया बचत रहेको छ।

नौ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध 

शनिबार सम्पन्न समाजको पाँचौं अधिबेशनले आगामी कार्यकालको लागि नौ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध निर्बाचित गरेको छ। नवनिर्बाचित कार्यसमितिको अध्यक्षमा दिपक प्रसाद पराजुली चयन भएका छन। अध्यक्ष पदमा उमेदवारी दिएका भेषराज पराजुलीले आंफ्नो उमेदवारी फिर्ता लिएपछि दिपक निर्बिरोध निर्बाचित भएका हुन उनि यस अगाडी समाजको सचिबको जिम्मेवारीमा थिए भने भेषराज पराजुली समाजको सल्लाहकार थिए ।

कार्यसमितिको उपाध्यक्षमा क्या. मानकाजी गुरुङ दोश्रो कार्यकालको लागि पनि निर्बिरोध निर्बाचित भएका छन । उपाध्यक्ष पदमा उमेदवारी दर्ता गराएका पुरुषोत्तम पराजुलीले उमेदवारी फिर्ता गरेपछि उपाध्यक्ष पदमा पनि गुरुङ निर्बिरोध निर्बाचित भएका हुन। यसैगरी समितिको सचिबमा जीवनाथ लामिछाने, सहसचिबमा अन्जु पराजुली र कोषाध्यक्ष पदमा हरिराम पराजुली पनि निर्बिरोध निर्बाचित भएका छन। सचिब पदमा देबिप्रसाद लामिछानेको र सहसचिब पदमा रामप्रसाद अधिकारीको उमेदवारी फिर्ता भएपछि जीवनाथ र अन्जु पनि निर्बिरोध निर्बाचित भएका हुन।

कार्यसमितिका लागि आबश्यक चार जना सदस्यहरुको लागि सात जनाको उमेदवारी परेको थियो। तर, घनश्याम पराजुली, कृष्णमोहन पराजुली, र तिलकुमारी देवकोटाले उमेदवारी फिर्ता गरेपछि समितिको सदस्य पदमा रामराज पराजुली, रन्जना बस्नेत पराजुली, खेमराज पराजुली र मनिष पौडेल चारजना निर्बिरोध निर्बाचित भएका छन ।

समाजका पुर्व अध्यक्ष एबम सल्लाहकार बरिष्ठ अधिबक्ता पदमपानी देवकोटा संयोजक एबम बद्रीनाथ पराजुली, तेजनारायण पराजुली र समाजका सल्लाहकार गंगाधर पराजुली समेत रहेको निर्बाचन समितिले सहजीकरण गर्दै निर्बाचन प्रक्रिया पुरा गरेर नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्बाचित कार्यसमितिका पदधिकारी एबम सदस्यहरुलाई निर्बाचन मण्डलका संयोजक पदमपानी देवकोटाले प्रमाणपत्र प्रदान गर्नुको साथै शपथ गराएका थिए।

यस अगाडी समाजको अधिबेशन तथा साधारण सभाको उद्घाटन पोखरा महानगरपालीका -२३ का वडाध्यक्ष रामकाजी गुरुङले गरेका थिए। सोहि समारोहमा बोल्दै वडाध्यक्ष गुरुङले समाजसंग वडा कार्यालयले सहकार्य गर्ने जानकारी दिंदै चापाकोट सेवा समाजको सक्रियताले वडाका अन्य संस्थलाई समेत सक्रिय हुन प्रेरित गरेको बताए । उनले आँफु निर्बाचित भएर आउँदा वडाभित्र एक मिटर पनि कालोपत्रे सडक नरहेको भयपनी हाल कात्रेपुल देखि घडेरीसम्म र ठुलाखेत घांटीछिना क्षेत्रमा सडक कालोपत्रे भैसकेको भन्दै बिभिन्न विकास निर्माण योजनाको बारेमा जानकारी गराए ।

समाजका अध्यक्ष बिशेश्वर पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै समाजका सल्लाहकार एबम तत्कालिन चापाकोट गाबिसका पुर्व अध्यक्ष भेषराज पराजुलीले समाजलाई एकताबद्द बनाएर अगाडी बढाउन सके चापाकोट क्षेत्रको बिकासमा सहयोग पुग्ने बताए। समाजका पुर्व अध्यक्ष एबम सल्लाहकार शिवलाल पराजुलीले चापाकोट क्षेत्रका सबै जातजाती र समुदायसंग सहकार्य गर्नुपर्नेमा जोड दिए। अर्का सल्लाहकार हरिप्रसाद लामिछानेले स्वयमसेवी संस्थामा काम गर्नेहरुले फराकिलो सोच राखेर काम गर्नुपर्ने सुझाब दिए।

समाजका पुर्व सल्लाहकार एबम नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिका पुर्व अध्यक्ष समेत रहेका अग्रज पत्रकार गंगाधर पराजुलीले समाजले सामाजिक र मानबिय सहयोगको कार्यक्रमसंगै चापाकोट क्षेत्रको समग्र बिकासको लागि स्थानीय संस्था र सरोकारवालाहरुसंग सहकार्य गर्दै स्थानीय एबम प्रदेश सरकारलाई दवाब दिनसक्नुपर्नेमा जोड दिए।

साधारण सभामा समाजका सचिब दिपक प्रसाद पराजुलीले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन र कोषाध्यक्ष हरिराम पराजुलीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन पारित गरिएको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष क्या. मानकाजी गुरुङको साथै समाजका सदस्य गौमती थापा मगर र शिब लामिछाने लगायतले आआफ्नो भनाई राखेका थिए ।

२१ चैत्र २०८२, शनिबार २२:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा