Play

बैदेशिक रोजगारको नाममा एक महिनामा ३ सय ५२ वटा ठगीका घटना सार्वजनिक, पोखराका बिसजना बिरुद्ध उजुरी

गुरुकुल खबर


काठमाडौ :  वैदेशिक रोजगारका नाममा ठगी गर्नेहरूको संख्या उल्लेखनीय रहेको पाइएको छ। बैदेशिक रोजगारको नाममा अघिल्लो एक महिनामा मात्र ३ सय ५२ जनाले ठगि गरेको अभियोगमा उजुरी परेको भन्दै बैदेशिक रोजगार विभागले उनीहरुको सुची नै सार्वजनिक गरेको छ ।

गत फागुन १७ गतेदेखि चैत १७ गतेसम्म विभागमा परेको उजुरीका आधारमा शुक्रबार उक्त सूची सार्वजनिक गरिएको हो। सूचीमा बैदेशिक रोजगार विभागको अनुसन्धान तथा मुद्धा शाखामा व्यक्तिगत रुपमा ठगि गरेर बैदेशिक रोजगार सम्बन्धि कसुरको मुद्धामा जाहेरी दरखास्त दर्ता भएकाहरूको विवरण समाबेश गरिएको छ ।

उक्त सूचीमा पोखरा, काठमाडौँ, बुटवल, भरतपुर लगायत मुलुकका बिभिन्न स्थानका व्यक्तिहरुको नाम ठेगाना र उनीहरुले बैदेशिक रोगजारीको नाममा ठगि गरेको रकम समेत उल्लेख गरिएको छ ।

सोहि सूचीमा उल्लेख गरिएअनुसार पोखरा महानगरपालिकाको बिभिन्न स्थानमा ठेगाना रहेका ज्ञानराज सुबेदी, लिलाधर पौडेल, सूर्य मल्ल ठकुरी, बासुदेव भण्डारी, खिलप्रसाद भट्ट, कृष्ण गुरुङ र कबिता गुरुङ बिरुद्ध बिभिन्न व्यक्तिहरुले लाखौँ रुपैया ठगि गरेको भनि उजुरी परेको छ।

यसैगरी शिशिर पहारी, देबेन्द्र कुमाल, मधु तिमिल्सिना अधिकारी, रमेश खड्का, लिलाबहादुर खड्का,श्यामहरी अधिकारी, धर्म बिक सुनार, रामचन्द्र खड्का, सुष्मिता बिक, अनिशा तिमिल्सिना,कबिता बेलबासे लगायतले पनि बिभिन्न व्यक्तिलाई बैदेशिक रोजगारीको नाममा ठगि गरेको भन्दै बैदेशिक रोजगार विभागले नाम सार्बजनिक गरेको छ।

कसले कति ठगि गरेको उजुरी विभागमा दर्ता भएको छ हेर्नको लागि यहाँ क्लिक गर्नुहोस .

2082-03-1 to 2082-03-31 मुद्दा दर्ता notice_kqmvja7

 

२१ चैत्र २०८२, शनिबार ०७:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा