Play

प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस बिज्ञमा दिपा दाहाल नियुक्त

गुरुकुल खबर


काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा खोज पत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त भएकी छन् । प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त भएकी हुन् । बिगत दुई दशकदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि कार्यभार सम्हालेकी छन् ।

उनी भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी छन् । दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन बिधामा २० वर्षभन्दा बढीको व्यवसायिक पत्रकारिताको अनुभव छ । उनले पछिल्लो समय उकालोडटकममा वरिष्ठ संवाददाताको रुपमा खोज पत्रकारिता गर्दै आएकी थिइन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्‍मकन्या बहुमुखी क्याम्पसमा ७ वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी दाहाल पत्रकारिता, सञ्चार सिप र मौलिक नेतृत्व (अथेन्टिक लिडरसिप) नेतृत्वको प्रशिक्षक समेत हुन् ।

२० चैत्र २०८२, शुक्रबार १९:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा