काठमाडौं, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा भारी मूल्यवृद्धि गरेको छ । जसअनुसार अब एक लिटर पेट्रोलको लागि दुईसय रुपैयाँभन्दा बढी तिर्नुपर्ने भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।
यो सँगै पोखरा, काठमाडौँ र दिपायल जस्ता शहरमा अब पेट्रोलको मूल्य २ सय २ रुपैयाँ पुगेको छ भने भिने डिजेल र मट्टीतेलको मूल्य १ सय ८२ रुपैयाँ कायम भएको छ । मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा र डिजेलमा १ सय २० रुपैयाँ ५४ पैसा घाटा रहेको निगमले जनाएको छ।
निगमका अनुसार खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिन्डर ४ सय १६ रुपैयाँ ३७ पैसा घाटा छ । पछिल्लो मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक (१५ दिनमा) रूपमा अझै ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।















