Play

सन नेपाल लाइफ इन्स्योरेन्सको आरक्षित शेयरमा किर्ते: ८० प्रतिशत शेयर कब्जा गर्ने सिईओ अर्याल पक्राउ

गुरुकुल खबर


काठमाडौ, कर्मचारीका लागि छुट्याइएको आरक्षित सेयर वितरण कार्यमा अनियमितता गरेका सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राजकुमार अर्याललाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सोमबार पुतलीसडकबाट नियन्त्रणमा लिईएका अर्यालले कर्मचारीका लागि सुरक्षित गरिएको सेयर बाँडफाँट प्रक्रियामा पेश गरिएका कागजातहरू किर्ते गरेको प्रारम्भिक अनुसान्धन्मा देखिएको बताइन्छ।

बिमा कम्पनीले कर्मचारीका लागि छुट्याएको ४ लाख ८० हजार कित्ता सेयर बांडफांड गर्दा त्यसको करिब ८० प्रतिशत हिस्सा सीइओ अर्यालले आंफ्नो नाममा पारेको थिए । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ ले कम्पनीलाई कुल आइपीओको निश्चित अंश कर्मचारीका लागि सुरक्षित राख्नुपर्ने व्यवस्था गरेको भए पनि कर्मचारीभित्र कसरी वितरण गर्ने भन्ने स्पष्ट आधार नहुँदा निर्देशिकाको त्यही कमजोरीलाई उपयोग गर्दै सिईओ अर्यालले आंफ्नो स्वार्थ अनुकुल निर्णय गराएको र आंफ्नो नाममा मात्र करिब ८० प्रतिशत शेयर पारेको बुझिएको छ।

सिईओ अर्यालले अनियमित तरिकाले शेयर आंफ्नो नाममा राखेको भन्ने बिषयमा कम्पनीका कर्मचारीले डेढ वर्षअघि उजुरी गरेको भएपनि प्रारम्भिक सोधपुछका क्रममा अर्यालले बाँडफाँटमा कमजोरी भएको स्वीकार गर्दै प्रक्रिया सुधार्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि पुनः वितरण प्रक्रिया अघि बढाइएको जानकारी नियामक र अनुसन्धान निकायलाई पत्रमार्फत दिइएको थियो । यसरि प्रहरी र नियामक निकायलाई समेत गुमराहमा पारेर उनले किर्ते काम गर्दै आंफ्नो शेयरमात्र बढाउने काम गरेको आरोप कर्मचारीले लगाएका छन।

त्यसपछि नेपाल धितोपत्र बोर्डले समेत सेयर वितरणमा कैफियत देखिएको भन्दै सञ्चालक समितिलाई पारदर्शी ढंगले पुनः बाँडफाँट गर्न निर्देशन दिएको थियो। तर विवरणमै असमानता देखिएपछि प्रकरण झन् गम्भीर बन्दै अनुसन्धानको चरणमा पुगेको हो। नियामक निकायमा बुझाइएका सक्कल आवेदन फाराम र तिनका प्रतिलिपिबीच विवरण नमिलेको देखिएपछि कागजात कीर्ते भएको खुलेको हो। यही आधारमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० अन्तर्गत कसुर भएको दाबी गर्दै अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सिईओ अर्यालको किर्ते सम्बन्धि कर्तुतको बारेमा केहि कर्मचारीले जानकारी पाएपछि उनले कम्पनीमा कार्यरत कर्मचारीहरुलाई समेत बिभिन्न किसिमको दवाब र प्रभावमा पार्दै आंफ्नो पक्षमा मात्र बोल्न र आंफ्नो अनुकुल हुनेगरी काम गर्न निर्देशन दिएको बताइन्छ। सेयर बाँडफाँड प्रकरणमा किर्ते गरिएको कर्तुत खुल्ने डरले उनले त्यहाँ कार्यरत पुराना कर्मचारीलाई निष्कासन गर्ने, जिम्मेवारीबाट हटाउने तथा राजिनामा दिन बाध्य पार्ने गरि अभियान नै चलाएको कतिपय पिडित कर्मचारीको भनाई छ।

सिईओ अर्यालले गरेको किर्ते सम्बन्धि कर्तुत जोगाउने प्रक्रियामा डेपुटी सीइओ कवि फुयाँल समेत सक्रिय भएर लागेको आरोप लागेको छ । फुयाँल यसअघि आइएमईमा कार्यरत रहँदा ठूलो आर्थिक अनियमिततासम्बन्धी विवादमा मुछिएको र त्यस बिषयमा बीमा प्राधिकरणमा उजुरीसमेत परेको थियो। सिईओ अर्याल र फुँयालको काममा सहयोग गर्ने प्रदेश तहको जिम्मेवारीमा रहेकी लोकमाया अधिकारीमाथि पनि कर्मचारीलाई अनाबश्यक दबाब दिने र विगतमा सिटिजन इन्स्योरेनसमा रहँदा समेत अनियमिततामा संलग्न भएको भन्दै प्रश्न उठेको बताइएको छ।

१६ चैत्र २०८२, सोमबार २२:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा