Play

पोखराको रतनपाण्डे माबिमा पुर्व बिधार्थी मञ्च गठन, अध्यक्षमा सुरेन्द्र

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं १३ आर्बा स्थित श्री रतन पाण्डे माविमा अध्ययन गरेका पुर्व बिधार्थीहरुको संस्था ‘भूतपूर्व विद्यार्थी मञ्च’को दोस्रो अधिबेशन सम्पन्न भएको छ अधिबेशनले सुरेन्द्रप्रसाद बरालको अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

मञ्चको शनिवार भएको अधिवेशनबाट सचिवमा ऋषिराज बराल, सह सचिवमा बिनमबन्धु बराल र कोषाध्यक्षमा सन्तबहादुर थापा चयन भएका छन भने सदस्यहरुमा प्रकाश बराल, ममता बराल, प्रविन बराल, निशा देबकोटा, दिपेन्द्र सुनार र सन्तोष सुनार चयन भएका छन ।

यज्ञबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद बराल, गायक अमर धिताल लगायतले आआफ्नो भनाई राखेका थिए । कार्यक्रममा भूतपूर्व विद्यार्थीहरू ,पूर्व प्रअ, विद्यालयका शिक्षक शिक्षिकाहरुको समेत सहभागिता रहेको थियो ।

२०१४ सालमा स्थापित रतन पाण्डे माबिमा हजारौं  बिधार्थीहरुले अध्ययन गरिसकेको छन यो बिद्यालय कास्की जिल्लाकै पुरानो विद्यालयहरू मध्येको एक रहेको स्थानीय श्रीराम सिग्देलले गुरुकुल खबरलाई जानकारी दिए ।

९ चैत्र २०८२, सोमबार १८:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा