पोखरा, पोखरा महानगरपालिका वडा नं १३ आर्बा स्थित श्री रतन पाण्डे माविमा अध्ययन गरेका पुर्व बिधार्थीहरुको संस्था ‘भूतपूर्व विद्यार्थी मञ्च’को दोस्रो अधिबेशन सम्पन्न भएको छ अधिबेशनले सुरेन्द्रप्रसाद बरालको अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
मञ्चको शनिवार भएको अधिवेशनबाट सचिवमा ऋषिराज बराल, सह सचिवमा बिनमबन्धु बराल र कोषाध्यक्षमा सन्तबहादुर थापा चयन भएका छन भने सदस्यहरुमा प्रकाश बराल, ममता बराल, प्रविन बराल, निशा देबकोटा, दिपेन्द्र सुनार र सन्तोष सुनार चयन भएका छन ।
यज्ञबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद बराल, गायक अमर धिताल लगायतले आआफ्नो भनाई राखेका थिए । कार्यक्रममा भूतपूर्व विद्यार्थीहरू ,पूर्व प्रअ, विद्यालयका शिक्षक शिक्षिकाहरुको समेत सहभागिता रहेको थियो ।
२०१४ सालमा स्थापित रतन पाण्डे माबिमा हजारौं बिधार्थीहरुले अध्ययन गरिसकेको छन यो बिद्यालय कास्की जिल्लाकै पुरानो विद्यालयहरू मध्येको एक रहेको स्थानीय श्रीराम सिग्देलले गुरुकुल खबरलाई जानकारी दिए ।















