पोखरा, कास्की प्रहरीले पोखराका बिभिन्न स्थानबाट लागु औषध सहित केहिलाई पक्राउ गरेको छ। यहि चैत्र ४ गते साँझ पोखरा महानगरपालिका वडा नं.२९ सैनिक बस्तिमा लागू औषधको बिक्री बितरण भईरहको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोहि ठाउँ बस्ने वर्ष १९ को आयुष तामाङको साथबाट र निजको घरकोठाबाट लागूऔषध डाईजापाम १ हजार ७२१ एम्पुल, फेनेरागन ३३४ एम्पुल, ब्रुफिनुर्फिन ३७७ एम्पुल गरी जम्मा २,४३२ एम्पुल लागू औषध, मोवाईल २ वटा र ९३ हजार ५०० रुपैया नगद बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय शिशुवा र लागू औषध नियन्त्रण व्यूरोको शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका – २९ सैनिक बस्ती बस्ने निज तामांगलाई पक्राउ गरेको हो । उनलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पांच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
यसैगरी, चैत्र २ गते रति दश बजेतिर पोखरा महानगरपालिका वडा नं. १० रामघाटमा लागू औषध ब्राउनसुगर बिक्री बितरण भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले तनहुँ घर भई हाल जिल्ला पोखरा -१० रामघाटमा बस्दै आएका २० बर्षीय शिव गिरीको साथबाट केहि लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ।
लागू औषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ८ ग्राम १५ मिलिग्राम र एक मोवाईल सहित पक्राउ गरिएका निज शिब गिरीलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको पनि प्रहरीले जनाएको छ ।















