Play

इरानमा फेब्रुअरी २८ पछिको द्वन्दमा ज्यान गुमाउनेको संख्या ३ हजार १ सय नाघ्यो

गुरुकुल खबर


तेहरान,  इरानमा गत फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १ सय नाघेको एक मानवअधिकार संस्थाले जनाएको छ । अमेरिकास्थित मानव अधिकारकर्मी समाचार एजेन्सी (एचआरएएनए) का अनुसार हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार १ सय  ८६ पुगेको छ ।

संस्थाले सार्वजनिक गरेको विवरणअनुसार ज्यान गुमाउनेमध्ये १ हजार ३ सय ९४ सर्वसाधारण रहेका छन्, जसमा कम्तीमा २१० बालबालिका पनि समावेश छन् । त्यसैगरी १ हजार १ सय ५३ जनालाई सैनिकको रूपमा वर्गीकृत गरिएको छ भने ६ सय ३९ जनाको मृत्युको प्रकृति अझै स्पष्ट हुन सकेको छैन ।

द्वन्द्व सुरु भएयता एचआरएएनएले निरन्तर रूपमा मानबिय क्षतीको विवरण अद्यावधिक गर्दै आएको छ । बढ्दो हिंसासँगै सर्वसाधारणको ज्यान जाने क्रम तीव्र बनेको भन्दै मानवअधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।

६ चैत्र २०८२, शुक्रबार ११:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा