Play

पोखराको हेमजामा १४ औं आलु महोत्सबको तयारी, बिभिन्न उपसमिति गठन

गुरुकुल खबर


हेमजा, आलु गाउँका रूपमा परिचित कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । यहि चैत २७ गतदेखि वैशाख ५ गतेसम्म सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक भन्ने मूल नाराका साथ पोखरा -२५ हेमजाको विष्णु पादुका खेलमैदानमा  महोत्सव हुन् लागेको हो ।

शनिवार आयोजित स्थानियाहरुको भेलाले वसन्त कुमार श्रेष्ठ संयोजक रहेको मूल आयोजक समिति गठन गरेको छ । समितिको सहसंयोजकमा मिना कुँवर  महासचिवमा विकल थापा, सचिवमा विपिन पौडेल तथा कोषाध्यक्षमा डम्बरबहादुर कुँवर रहेका छन । भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ जसअनुसार अर्थ सङ्कलन उपसमिति संयोजकमा राजेन्द्र तिम्सिना, स्टल रेस्टुरेन्ट उपसमिति संयोजकमा कुमार श्रेष्ठलाइ चयन गरेको छ ।

यसैगरी आमा समूह परिचालन उपसमिति संयोजकमा अप्सरा तिम्सिना, अतिथि सत्कार उपसमिति संयोजकमा पार्वती थापा, सांस्कृतिक उपसमिति संयोजकमा सुशील श्रेष्ठ, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकमा इन्द्र थापालाई जिम्मेवारी दिएको उक्त भेलाले  प्रचारप्रसार उपसमितिमा निराजन अधिकारी ,पानी बिजुली उपसमिति संयोजकमा केशव गिरी, यातायात तथा पार्किङ उपसमिति संयोजकमा भुवन क्षेत्रीलाई चयन गरेको छ ।

बैङ्क तथा वित्तीय सङ्घसंस्था समन्वय उपसमिति संयोजकमा कृष्ण पौडेल,  स्वयंसेवक परिचालनमा सागर कुँवर,  झाँकी र्‍याली व्यवस्थापनमा उमा भुर्तेल पौडेल,  कृषि परिचालन उपसमिति अर्जुन कार्की, कृषि प्रविधि संयोजनमा कृष्ण तिम्सिना र सरसफाइ परिचालन तर्फ सुर्य थापालाई संयोजकको जिम्मेवारी दिईएको बताइएको छ ।

२०६६ सालदेखि वार्षिक रूपमा हेमजामा आलु महोत्सव हुँदै आएको छ । महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालीन हेमजा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णु पादुका क्लबले संयोजन तथा ब्यबस्थापन गर्दै आएको प्रचार संयोजक निराजन अधिकारीले गुरुकुल खबरलाई जानकारी दिए ।

२ चैत्र २०८२, सोमबार ११:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा