Play

जापानमा क्रियाशील पत्रकार तिलक मल्ल प्रवास पत्रकारिता पुरस्कारबाट सम्मानित

गुरुकुल खबर


टोकियो, जापानमा क्रियाशील नेपाली पत्रकार तिलक मल्ललाई ‘प्रवास पत्रकारिता पुरस्कार २०२६’ प्रदान गरिएको छ । जापानमा रहेर नेपाली पत्रकारितामा निरन्तर सक्रिय रहँदै आएका मल्ललाई नेपाल पत्रकार महासंघ जापान शाखाले १५ औँ स्थापना दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो ।

सन् १९९९ देखि पत्रकारितामा सक्रिय रहँदै आएका मल्लले जापानको टोकियोमा रहेर समुद्रपारि डटकम सञ्चालन तथा प्रकाशन गर्दै आएका छन् । मल्ललाई कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास जापानका कार्यबाहक राजदूत हरीहर कान्त पौडेलले नगद ५० हजार येन तथा सम्मान पत्र प्रदान गरेर सम्मानित गरेका थिए ।

उक्त पुरस्कारको प्रायोजन रेमिट्यान्स सेवा प्रदायक कम्पनी फोरेक्स जापानले गरेको हो । पत्रकारितामार्फत नेपाली समुदायका आवाज, समस्या, गतिविधि र प्रवास जीवनका विविध पक्षलाई निरन्तर उजागर गर्दै आएका मल्ल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष समेत हुन् ।

पत्रकार महासंघ जापान र फोरेक्स जापान बीच प्रवास पत्रकारिता पुरस्कारका लागि तीन वर्षसम्म प्रायोजन गर्ने सहमति भएको पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठलाई उदृत गर्दै जापानबाट जिबन सुबेदीले गुरुकुल खबरलाई जानकारी दिए ।

१ चैत्र २०८२, आईतवार १३:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा