Play

पोखराको ड्यामसाइडमा महिलाको विभत्स हत्या: शबलाई सुटकेसमा प्याक गरेर खोलामा फालेको भेटियो

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाको ड्यामसाइड खोला किनारमा भेटिएको सुटकेसभित्र एक महिलाको शव फेला परेको छ। घाँटीमा हतियार प्रहार गरेको जस्तो चोट देखिएकाले ति महिलाको हत्या भएको आशंका गरिएको प्रहरीले जनाएको छ। सोहि ठाउँ नजिकै एक घरमा डेरा गरि बस्ने भारत घर भएको बताउने बिशाल भनिने एक युवाले उनिसंगै बस्ने मनिषा भनिने युवतीको (सम्भवत श्रीमती) हत्या गरेर खोलामा फालेको हुनसक्ने बताइएको छ।

आज आइतबार बिहान करिब ८ बजेतिर स्थानीयले ड्यामसाइडको तल रहेको नयाँपुल मुनी खोलामा तन्नाले बेरिएको अबस्थामा सुटकेस देखेपछि वडा प्रहरी कार्यालय बैदाममा जानकारी गराएको थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले सुटकेस खोलेर हेर्दा करिब २५ वर्षीया महिलाको शव फेला परेको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतकको घाँटीमा गहिरो चोट देखिएकाले हत्या भएको हुन सक्ने अनुमान गरिएको छ, विस्तृत विवरण भने मृतकको पोष्टमार्टमपछि मात्र खुल्ने उनले बताए।

घटना विवरण अनुसार उक्त घटनास्थल नजिकै एक युवाले करिब एक महिना अगाडी श्रीमती भन्दै उनीसंगै कोठामा बस्दै आएका थिए। करिब एक महिना अगाडी उक्त कोठा लिएका ति युवा पश्चिम नेपालको भएपनि भारतमा बस्दै आएको र उनीसंगै बस्ने ति महिला पनि पश्चिम नेपालको रहेको बताइन्छ।

दुईजनाको बिचमा मतभेद थियो वा थिएन भन्ने जानकारी नभएपनि उनीहरु बस्ने घरकी धनी एक महिलाका अनुसार रातिको समयमा श्रीमतीको हत्या गरेको हुनसक्ने र बिहान ४ बजे तिर मृतकको शव सुटकेसमा प्याक गरेर तन्नाले छोपी अर्को साथिसंग मिलेर मोटरसाइकलमा राखी पुलमा पुगेर तल खोलामा फालेका थिए। उनले घरबाट बिहान सुटकेस सहित अर्को पोको पनि लिएर गएको घरमा राखिएको सिसि क्यामेरामा देख्न सकिन्छ ।

सिसि क्यामेरामा अस्वाभाविक ढंगले सुटकेस र अन्य सामानको पोका लिएर निस्केको देखेपछी घरधनी महिलाले नै यसबारेमा आँफु नजिकका मान्छेलाई भनेको र त्यसपछि प्रहरीलाई खबर गरेको कारण घटना सार्बजनिक हुन् पुगेको हो। सुटकेससहितको सामान लगेर फालेपछि निज युवाले घरधनीसंग सामन्य अबस्थामा जस्तै कुरा गरेर आँफु होलि मनाउन भारत जान लागेको र होलि पर्व मनाएर पोखरा फर्किने जानकारी समेत गराएका थिए। उनले घरमा बसेको एक महिनाको भाडा समेत दिएर भारत जान लागेको हुनसक्ने अनुमान घरधनी महिलाले गरेकी छन ।

( मृतक युवती र युवक बस्ने घरकी घरधनी महिला घटनाको बारेमा संचारकर्मीलाई जानकारी  गराउंदै  ) 

हाल मृतक महिलाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा राखिएको छ। मृतकको वास्तविक सनाखत हालसम्म हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

  • तस्बिर – मेरो साथि भिडिओबाट

१७ फाल्गुन २०८२, आईतवार १८:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा