Play

एआई र एल्गोरिदमको चुनौती सम्बन्धमा पोखरामा विज्ञ र सम्पादकबिच अन्तरक्रिया

गुरुकुल खबर


पोखरा, यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गरी समाचार सामग्रीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र एल्गोरिदमको प्रभावबारे पोखरामा सम्पादकहरुसँग अन्तरक्रिया गरिएको छ । प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले पोखरामा बुधबार आयोजना गरेको कार्यक्रममा निर्वाचनका बेला सञ्चार माध्यमले अपनाउनुपर्ने सतर्कता र प्रविधिको भूमिकाबारे सरोकारवालाहरुको बीचमा  छलफल गरिएको थियो ।

कार्यक्रममा सहजीकरण गर्दै खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपालले पत्रकारहरु एल्गोरिदमबाट बचेर काम गर्नुपर्नेमा जोड दिए । समयक्रमसँगै जोगिएर आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘हामीले एआईलाई जोताउनुपर्छ, न कि उसले हामीलाई जोताओस् ।’
आईटी एनालिस्ट इन्जिनियर मिलन श्रेष्ठले ‘अन्डरस्ट्यान्डिङ एल्गोरिदम्स एन्ड एआई बेस्ड इलेक्ट्रोरल कन्टेन्ट’ विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले निर्वाचनका समयमा सामाजिक सञ्जालमा देखिने सामग्रीहरुलाई एल्गोरिदमले कसरी वर्गीकरण र प्रचार गर्छ भन्नेबारे विस्तृत जानकारी दिए । श्रेष्ठले भने, ‘एआईका माध्यमबाट सिर्जित सामग्रीले जनमतलाई प्रभावित पार्न सक्ने भएकाले सम्पादकहरुले यस्ता सामग्रीको गहिरो विश्लेषण गर्न आवश्यक छ ।’ उनले प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए पनि यसबाट उत्पन्न हुन सक्ने मिथ्या सूचना र भ्रमलाई चिर्नु चुनौतीपूर्ण रहेको बताए ।

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन प्रविधिको सही प्रयोग हुनुपर्नेमा प्रमुख निर्वाचन अधिकृत हिमलाल बेलबासेले जोड दिए । ‘निर्वाचनको समयमा आउने विभिन्न खाले सूचनाको सत्यतथ्य जाँच गरेर मात्र समाचार सम्प्रेषण गर्नुपर्छ,’ बेलबासेले भने । उनले सञ्चार माध्यमले एआई र एल्गोरिदम जस्ता प्रविधिको सही सदुपयोग गरेमा निर्वाचन प्रक्रिया अझ बढी पारदर्शी हुने धारणा राखे ।

गण्डकी प्रदेश सरकारका सचिव कृष्णप्रसाद लम्सालले निर्वाचनमा प्रविधिको भूमिका अपरिहार्य रहेको बताए । उनले भने, ‘प्रविधिले सूचनालाई द्रुत गतिमा पुर्‍याए पनि यसको दुरुपयोगले समाजमा पार्ने नकारात्मक असरबारे सबै सचेत हुनुपर्छ ।’ नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारहरुले नयाँ प्रविधिसँग अभ्यस्त हुनुपर्ने र निर्वाचनका समाचार संकलन गर्दा एल्गोरिदमका पाटाहरुलाई ध्यान दिनुपर्ने उल्लेख गरे ।

प्रेस रजिस्ट्रार बिमला भण्डारीले भण्डारीले निर्वाचनका समयमा समाचारको विश्वसनीयता कायम राख्न यस्ता अन्तरक्रियाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन् । प्रेस रजिस्ट्रारको कार्यालयका उपसचिव निराजन शर्माले कार्यालयले पत्रकारको वृत्ति विकासका लागि मिहीनढंगले काम गर्दै आएको बताए ।

कार्यक्रममा पोखरास्थित विभिन्न सञ्चारमाध्यमका प्रधान सम्पादक, वरिष्ठ सम्पादक, ब्युरो प्रमुख तथा प्रेस स्वतन्त्रता सेनानी गरी ५० भन्दा बढीको सहभागिता रहेको थियो। सहभागी सम्पादक एबम ब्युरो प्रमुखहरु बासुदेव मिश्र, दिनानाथ बराल, सरिता पंगेनी, रञ्जन अधिकारी, दीपक परियार लगायतले एआईको प्रयोग र यसको नियमनका विषयमा आ-आफ्ना जिज्ञासा र अनुभव राखेको बुझिएको छ ।

१४ फाल्गुन २०८२, बिहीबार ००:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा