पोखरा, चुनाबको दिन नजिकिंदै गर्दा नेपाली कांग्रेसले मुलुकका सातवटै प्रदेशमा ठुला चुनावी सभा गर्ने तयारी गरिरहेको छ । फागुन ६ गते जनकपुरको तिरहुतियामा पहिलो चुनावी सभा गरेर चुनावी प्रतिज्ञापत्रका ‘भिजन–१० सार्वजनिक गरेको कांग्रेसले बाँकी प्रदेशमा चुनावी सभाको तयारी गरेको हो ।
ती चुनावी सभामा सभापति गगन थापा तथा निर्वाचन परिचालन समितिका संयोजक रहेका उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाललगायतले सम्बोधन गर्ने बताईएको छ।
उपसभापति पुष्पा भुसालका अनुसार ५ स्थानमा गर्ने ठुला चुनावी सभाको मिति निश्चित भएको छ । भुसालले फागुन १४ गते सुर्खेत, बाँके र रुपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा गर्ने तय भएको जानकारी दिइन् ।
त्यस्तै गण्डकीको पोखरामा १५ गते चुनावी सभा गर्ने तय भएको छ । फागुन १५ गते पोखराको अमरसिंहचौरमा कांग्रेसले गर्ने चुनाबी सभामा कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
पोखराको चुनाबी सभा सफल पार्न कास्की कांग्रेसको कार्यालयमा तिनवटै क्षेत्रिय समिति र तीनजना उमेदवारसहितको संयुक्त बैठक सम्पन्न भएको छ। चुनाबी सभामा सम्भव भएसम्म धेरैको सहभागिता गराउने तयारीमा पार्टीका स्थानीय समितिहरु सक्रिय भएको कास्की कांग्रेसका सहसचिब शंकर ढुंगानाले गुरुकुल खबरलाई जानकारी दिए । कांग्रेसले यस अगाडी नै फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने निर्णय गरिसकेको छ ।
कोशी र सुदूरपश्चिममा गर्ने चुनावी सभाको मिति भने निश्चित भइनसकेको कांग्रेसका प्रबक्ता देबराज चालिसेले जानकारी दिए । ‘प्रदेशगत रूपमा ठुला चुनावी सभा गर्ने हाम्रो तयारी हो । अब कोशी र सुदूरपश्चिममा कहिले सभा गर्ने भन्ने टुंगिन बाँकी छ,’ आचार्यले गुरुकुल खबरसंग भने कांग्रेस प्रवक्ता देवराज चालिसेले एकै दिन तीन स्थानका सभामा शीर्ष नेता सहभागी हुन हेलिकप्टर प्रयोग गरिने जानकारी दिए ।















