Play

सातवटै प्रदेशमा चुनाबी सभाको तयारीमा कांग्रेस, पोखरामा फागुन १५ गते शुक्रबार हुने

गुरुकुल खबर


पोखरा, चुनाबको दिन नजिकिंदै गर्दा नेपाली कांग्रेसले मुलुकका सातवटै प्रदेशमा ठुला चुनावी सभा गर्ने तयारी गरिरहेको छ । फागुन ६ गते जनकपुरको तिरहुतियामा पहिलो चुनावी सभा गरेर चुनावी प्रतिज्ञापत्रका ‘भिजन–१० सार्वजनिक गरेको कांग्रेसले बाँकी प्रदेशमा चुनावी सभाको तयारी गरेको हो ।

ती चुनावी सभामा सभापति गगन थापा तथा निर्वाचन परिचालन समितिका संयोजक रहेका उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाललगायतले सम्बोधन गर्ने बताईएको छ।

उपसभापति पुष्पा भुसालका अनुसार ५ स्थानमा गर्ने ठुला चुनावी सभाको मिति निश्चित भएको छ । भुसालले फागुन १४ गते सुर्खेत, बाँके र रुपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा गर्ने तय भएको जानकारी दिइन् ।

त्यस्तै गण्डकीको पोखरामा १५ गते चुनावी सभा गर्ने तय भएको छ । फागुन १५ गते पोखराको अमरसिंहचौरमा कांग्रेसले गर्ने चुनाबी सभामा कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

पोखराको चुनाबी सभा सफल पार्न कास्की कांग्रेसको कार्यालयमा तिनवटै क्षेत्रिय समिति र तीनजना उमेदवारसहितको संयुक्त बैठक सम्पन्न भएको छ। चुनाबी सभामा सम्भव भएसम्म धेरैको सहभागिता गराउने तयारीमा पार्टीका स्थानीय समितिहरु सक्रिय भएको कास्की कांग्रेसका सहसचिब शंकर ढुंगानाले गुरुकुल खबरलाई जानकारी दिए । कांग्रेसले यस अगाडी नै  फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने निर्णय गरिसकेको छ ।

कोशी र सुदूरपश्चिममा गर्ने चुनावी सभाको मिति भने निश्चित भइनसकेको कांग्रेसका प्रबक्ता देबराज चालिसेले जानकारी दिए । ‘प्रदेशगत रूपमा ठुला चुनावी सभा गर्ने हाम्रो तयारी हो । अब कोशी र सुदूरपश्चिममा कहिले सभा गर्ने भन्ने टुंगिन बाँकी छ,’ आचार्यले गुरुकुल खबरसंग भने   कांग्रेस प्रवक्ता देवराज चालिसेले एकै दिन तीन स्थानका सभामा शीर्ष नेता सहभागी हुन हेलिकप्टर प्रयोग गरिने जानकारी दिए ।

१३ फाल्गुन २०८२, बुधबार ०९:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा