Play

रास्वपाको चुनाब प्रचार अभियान: कास्की-२ अन्तर्गत पोखरा- २० मा वडा सम्पर्क कार्यालय स्थापना

गुरुकुल खबर


पोखरा, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तरर्गत पोखरा महानगरपालिका वडा नम्बर २० भलाम रयालेचौरमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । बुधबार आयोजित एक समारोहमा वडा सम्पर्क कार्यालयको सुभारम्भ गरिएको रास्वपा कास्की क्षेत्र नम्बर २ को सचिवालयले जनाएको छ ।

सम्पर्क कार्यालय स्थापनाको अवसरमा निर्बतमान सांसद शिव नेपाली, रास्वपाका केन्द्रीय सदस्य मोहन जङ्ग थापा, रास्वपा नेता कुमार खडका, कास्की क्षेत्र न. २ मा रास्वपाका उमेदवार उत्तम पौडेल, निर्वाचन कमान्डर दिपेन्द्र पोख्रेल लगाएत पार्टीको बिभिन्न तहका नेता कार्यकर्ताहरु सहभागी थिए ।

कार्यक्रममा रास्वपाका उमेदवार पौडेलले कास्की क्षेत्र नम्बर २ को समग्र विकास जनताको सहभागिता र उत्तरदायी नेतृत्वबाट मात्र सम्भव हुने बताउँदै कास्की–२ का आममतदातासँग परिवर्तनका लागि साथ दिन आग्रह गरे। उम्मेदवार पौडेलले कास्की क्षेत्र नम्बर २ का मतदातासंग छलफल  अन्तरक्रिया र सुझाव संकलन गर्ने क्रमलाई निरन्तरता दिएका छन् ।

२१ माघ २०८२, बुधबार २२:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा