पोखरा, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तरर्गत पोखरा महानगरपालिका वडा नम्बर २० भलाम रयालेचौरमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । बुधबार आयोजित एक समारोहमा वडा सम्पर्क कार्यालयको सुभारम्भ गरिएको रास्वपा कास्की क्षेत्र नम्बर २ को सचिवालयले जनाएको छ ।
सम्पर्क कार्यालय स्थापनाको अवसरमा निर्बतमान सांसद शिव नेपाली, रास्वपाका केन्द्रीय सदस्य मोहन जङ्ग थापा, रास्वपा नेता कुमार खडका, कास्की क्षेत्र न. २ मा रास्वपाका उमेदवार उत्तम पौडेल, निर्वाचन कमान्डर दिपेन्द्र पोख्रेल लगाएत पार्टीको बिभिन्न तहका नेता कार्यकर्ताहरु सहभागी थिए ।
कार्यक्रममा रास्वपाका उमेदवार पौडेलले कास्की क्षेत्र नम्बर २ को समग्र विकास जनताको सहभागिता र उत्तरदायी नेतृत्वबाट मात्र सम्भव हुने बताउँदै कास्की–२ का आममतदातासँग परिवर्तनका लागि साथ दिन आग्रह गरे। उम्मेदवार पौडेलले कास्की क्षेत्र नम्बर २ का मतदातासंग छलफल अन्तरक्रिया र सुझाव संकलन गर्ने क्रमलाई निरन्तरता दिएका छन् ।















