काठमाडौँ, नेपाली कांग्रेसको हालै सम्पन्न बिशेष महाधिबेशनबाट निर्बाचित सभापति गगन कुमार थापाले नेपाली कांग्रेसले उमेद्वार छनोट गर्ने प्रक्रियामा परिबर्तन गर्ने प्रतिबद्दता प्रकट गरेका छन। पार्टीको केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक बसेको बैठकपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिनेक्रममा सभापति थापाले १६५ निर्वाचन क्षेत्रको उमेदवार त्यही क्षेत्रभित्र टुंगिनुपर्ने आँफुहरुको मत रहेको स्पष्ट पारे।
सभापति थापाले भने, उमेद्वार चयन प्रक्रियाको सम्बन्धमा विधानमा संशोधन पनि गरेका छौं । उम्मेदवारको चयन त्यहीँको पार्टीको सदस्यले मतदान गरेर गर्नुहुन्छ । यसपटक हामीसँग यो समयको सुविधा थिएन । पार्टी भित्र मिलाउनुपर्ने, निर्बाचन आयोगमा मिलाउनुपर्ने र जिल्ला सभापति र पुर्ब सांसदहरुसंग कुरा गर्नुपर्ने अबस्थाका कारण हामि संग २४ घण्टा भन्दा कम समय भएकोले प्राइमरी इलेक्सन गर्ने भन्ने हाम्रो अवस्था थिएन ।’
विशेष महाधिवेशनपछि निर्वाचन आयोगमा रहेको वैधानिकताको परीक्षण, अदालतभित्र विषयको प्रवेश र पार्टीका निवर्तमान सभापति लगायतका नेताहरूसँग हामीले गरिरहेको निरन्तर संवादको प्रयास लगायतका कारणले उम्मेदवार छनोटका लागि समय नपुगेको सभापति थापाले स्पष्ट पारे सभापति थापाले टिकट वितरणमा केही त्रुटि र कमजोरी भएका छन् । यसका लागि यो कुराको अप्ठेरोलाई बुझिदिनुहुन पनि आग्रह गरे।

थापाले कांग्रेस बदलिएर निर्वाचनमा होमिएको बताउंदै तयारीमा लाग्न पनि सबै नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले पार्टीका नेता कार्यकर्तालाई आफ्नै निर्वाचन क्षेत्रमा खटिन पनि निर्देशन दिए । अर्काको निर्वाचन क्षेत्रमा गएर मद्दत हुँदैन भन्दै थापाले भने, ‘मेरो निर्बाचन क्षेत्रमा आउने भनेर ५ सय जना साथीहरुले नाम टिपाउनुभएको छ टर मा आग्रह गर्छु आंफ्नो क्षेत्रमा बस्नुस, मेरो क्षेत्रमा आउनुपर्दैन, मेरो क्षेत्रमा त्यहाँका साथीहरु नै पर्याप्त छन।
उनले पार्टी आफूहरूले नै बदलेको बताए । ‘यो कांग्रेस आफैँ बद्लिएको हैन हामीले बदलेको हो । हामीले कांग्रेस बदल्यौँ,’ उनले भने, ‘अब यो देशलाई पनि बदल्नुछ । यो संकल्पका साथ कांग्रेस निर्वाचनमा होमिएको छ । १६५ निर्वाचन क्षेत्रमा रहनु भएका १० लाख क्रियाशील सदस्यहरूलाई आह्वान गर्छु- पार्टीभित्र पनि भिन्न मत छ ।















