Play

चुनाबपछिको प्रधानमन्त्रीमा कांग्रेसबाट गगन प्रस्तावित, अब उमेदवार चयन गर्ने प्रक्रिया फेरिन्छ- सभापति थापा

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसको हालै सम्पन्न बिशेष महाधिबेशनबाट निर्बाचित सभापति गगन कुमार थापाले नेपाली कांग्रेसले उमेद्वार छनोट गर्ने प्रक्रियामा परिबर्तन गर्ने प्रतिबद्दता प्रकट गरेका छन। पार्टीको केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक बसेको बैठकपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिनेक्रममा सभापति थापाले १६५ निर्वाचन क्षेत्रको उमेदवार त्यही क्षेत्रभित्र टुंगिनुपर्ने आँफुहरुको मत रहेको स्पष्ट पारे।

सभापति थापाले भने, उमेद्वार चयन प्रक्रियाको सम्बन्धमा विधानमा संशोधन पनि गरेका छौं । उम्मेदवारको चयन त्यहीँको पार्टीको सदस्यले मतदान गरेर गर्नुहुन्छ । यसपटक हामीसँग यो समयको सुविधा थिएन । पार्टी भित्र मिलाउनुपर्ने, निर्बाचन आयोगमा मिलाउनुपर्ने र जिल्ला सभापति र पुर्ब सांसदहरुसंग कुरा गर्नुपर्ने अबस्थाका कारण हामि संग २४ घण्टा भन्दा कम समय भएकोले प्राइमरी इलेक्सन गर्ने भन्ने हाम्रो अवस्था थिएन ।’

विशेष महाधिवेशनपछि निर्वाचन आयोगमा रहेको वैधानिकताको परीक्षण, अदालतभित्र विषयको प्रवेश र पार्टीका निवर्तमान सभापति लगायतका नेताहरूसँग हामीले गरिरहेको निरन्तर संवादको प्रयास लगायतका कारणले उम्मेदवार छनोटका लागि समय नपुगेको सभापति थापाले स्पष्ट पारे सभापति थापाले टिकट वितरणमा केही त्रुटि र कमजोरी भएका छन् । यसका लागि यो कुराको अप्ठेरोलाई बुझिदिनुहुन पनि  आग्रह गरे।

थापाले कांग्रेस बदलिएर निर्वाचनमा होमिएको बताउंदै तयारीमा लाग्न पनि सबै नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले पार्टीका नेता कार्यकर्तालाई आफ्नै निर्वाचन क्षेत्रमा खटिन पनि निर्देशन दिए । अर्काको निर्वाचन क्षेत्रमा गएर मद्दत हुँदैन भन्दै थापाले भने, ‘मेरो निर्बाचन क्षेत्रमा आउने भनेर ५ सय जना साथीहरुले नाम टिपाउनुभएको छ टर मा आग्रह गर्छु आंफ्नो क्षेत्रमा बस्नुस, मेरो क्षेत्रमा आउनुपर्दैन, मेरो क्षेत्रमा त्यहाँका साथीहरु नै पर्याप्त छन।

उनले पार्टी आफूहरूले नै बदलेको बताए । ‘यो कांग्रेस आफैँ बद्लिएको हैन हामीले बदलेको हो । हामीले कांग्रेस बदल्यौँ,’ उनले भने, ‘अब यो देशलाई पनि बदल्नुछ । यो संकल्पका साथ कांग्रेस निर्वाचनमा होमिएको छ । १६५ निर्वाचन क्षेत्रमा रहनु भएका १० लाख क्रियाशील सदस्यहरूलाई आह्वान गर्छु- पार्टीभित्र पनि भिन्न मत छ ।

यस अगाडी २०७९ को निर्वाचनमा आफू विभिन्न जिल्लामा जाँदा रुखमै भोट हाल्ने व्यवस्था गर्न नेता कार्यकर्ताले भनेको आफूले सम्झिरहेको भन्दै उनले भने, ‘०७९ को निर्वाचनमा प्रतिकूल समयमा २७ लाख मतदाताले कांग्रेसलाई मत हाल्नु भयो । अरु कुरा पछि गरौँला – म थुप्रै ठाउँमा गएको थिएँ । तपाईंहरूको कुरा थियो – कांग्रेस भएर रुखमा मतदान गर्ने र व्यवस्था गर्नुस अहिले सबैले रुखमा मतदान गर्ने अबस्था बनेको छ।’

पार्टीका उपसभापति विश्वप्रकाश शर्माले संसदीय चुनावअघि प्रधानमन्त्री चयन गरेर जाने कुरा आजको बैठकमा सर्वसम्मत रुपमा पारित भएको जानकारी गराए । आजको बैठकले सभापति थापालाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने निर्णय गरेको शर्माले जानकारी दिए ।

९ माघ २०८२, शुक्रबार १८:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा