Play

नेकपा एमाले दल हैन,ओली फाउण्डेसन- नेपाल

गुरुकुल खबर


पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधबकुमार नेपालले नेकपा एमाले पार्टी कुनै दल नभएर केपी ओली फाउण्डेसन भएको आरोप लगाएका छन् ।

स्याङ्जामा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले सो आरोप लगाएका हुन् । ‘कुनैपनि पार्टीमा व्याक्ति प्रदान हुदैन’ अध्यक्ष नेपालले भने,‘पार्टीमा नीति, सिद्धान्त र बिचार प्रदान हुन्छ ।’ ओलीले नेतृत्व गरेको पार्टी कम्पनी भएको र यसको बिलय हुन समय नलाग्ने दाबी समेत गरे ।

विचार नसुन्ने, कार्यकर्ताको भावना माथी कुठाराघात गर्ने प्रतिगमनका मतियार बन्ने ओली प्रबृत्ति बिरुद्ध बिद्रोह गर्न बाध्य भएर आफ्नो पार्टी जन्मिएको बताए । नेपालको इतिहासमा बिद्रोह गरेको कम्युनिष्ट पाटी फस्टाएको उदाहरण दिदै अध्यक्ष नेपालले ओलीले नेतृत्व गरेको फाउण्डेसन पार्टी केशरजंग रायमाझी भन्दा फरक नहुने जिकिर गरे ।

अधिकांश समय नेकपा एमाले अध्यक्ष केपी ओलीलाई गाली गर्नेमै खर्चिएका थिए । सरकारमा रहदा अर्वौ आर्थिक भष्टचार गरेको आरोप लगाउदै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई धुजा धुजा बनाउन ओली तल्लिन रहेको बताए । पार्टीमा बिचार, सिद्धान्तका काम ठिक भएमा सबैले वाह वाह भन्ने बताउदै बिचार नभएकोलाई बाई बाई गनुपर्ने नेपालले बताए ।

अध्यक्ष नेपालले निर्वाचनमा काग्रेस, माओबादी, समाजबादी, जसपा, जनमोर्चा मिलेर चुनाब लड्ने बताउदै नेपालले आगामी चुनाबमा ओली फाउण्डेसनको भबिष्य सकिने दावी गरे । 

१२ कार्तिक २०७८, शुक्रबार २१:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा