काठमाडौँ, नेकपा एमालेको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी ओलीसंग प्रतिष्पर्धामा उत्रिएका ईश्वर पोखरेलले नेतृत्व गरेको समूहले आफ्नो प्यानल टुंग्याएको छ । प्राप्त प्यानलको सूचीअनुसार उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, बिन्दा पाण्डे र पर्शुमेघी गुरुङ रहेका छन् ।
यस्तै महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरी रहेका छन् । तीन उपमहासचिव भए पनि उक्त प्यानलमा एक जना कम उपमहासचिवको सूची राखिएको छ ।
पोखरेल समुहका सबै उमेदवारको नामावली हेर्न यहा क्लिक गर्नुहोस .. name list pokharel team














