Play

दुई जित निकाल्दै पुलिस र गलकोट अग्रस्थानमा

गुरुकुल खबर


नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस् क्लब छैटौं वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई खेलमा जित निकाल्दै अंक तालिकामा अग्रस्थानमा रहेका छन्

पुलिसले दोश्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३ – ० सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो । पुलिसले मणिमुकुन्दलाई २१ – १४, २१–१५ र २१–१७ ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा पनि पुलिसले दवाँली मिलन क्लबलाई पराजित गरेको थियो । पुलिस समूह बि मा ६ अंकका साथ पहिलो स्थानमा रहेको हो ।

यसै गरि गलकोट स्पोर्टस् क्लबले पनि आफ्नो खातामा ६ अंक जोडेको छ । समूह ए मा रहेको गलकोटले प्रतियोगिताको पहिलो दिन बागमती प्रदेश माथि जित निकाल्दै ३ अंक जोडेको थियो । यस्तै दोश्रो दिन पनि गलकोटले प्रदेश नं. २ माथि जित निकाल्दै थप तिन अंक जोडेको हो । गलकोटले बागमती प्रदेशलाई २५–२३, २५–२१ र २५–१८ ले पराजित गरेको हो ।

सोमबार दशरथ रङ्गशालाको कभर्डहलमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टिपटप हेल्प नेपालले विजयी सुरुवात गर्दै बागमती प्रदेश माथि २५–१६, २५–१३ र २५–१२ को जित निकाल्दै ३ अंक जोडेको छ । समूह ए मा रहेको हेल्प नेपालले अघिल्लो संस्करण जस्तै यस संस्करणमा पनि भारतिय खेलाडीहरुलाई प्रार्थमिकतामा राखेको छ ।

यस्तै जित निकाल्ने क्रममा भारतीय खेलाडीहरु सम्मिलित गण्डकी प्रदेशले दावाँली मिलन क्लबमाथि ३ – १ को जित निकाल्यो । दावाँली क्लबले प्रस्तुत गरेको निकैनै प्रतिस्पर्धात्मक तथा मनोरञ्जनात्मक खेलमा गण्डकीले २५–१२, २५–२२, २०–२५ र २७–२५ को जित निकालेको हो ।

१२ आश्विन २०७८, मंगलवार ०९:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा