पोखरा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको तेस्रो अधिबेशन शनिबार मध्यरातमा सम्पन्न भएको छ अधिबेशनले प्रतिष्ठानमा पहिलो पटक महिलालाई अध्यक्षमा निर्बाचित गरेको छ।

जस अनुसार प्रतिष्ठानको अध्यक्षमा माया गुरुङ, बरिष्ठ उपाध्यक्षमा राम्जी पौडेल, प्रथम उपाध्यक्षमा आर सि पौडेल, दितिय उपाध्यक्षमा होम गुरुङ र महिला उपाध्यक्षमा मन्जु बिकलाई चयन गरिएको छ।
यसैगरी प्रतिष्ठानको सचिबमा कृष्ण सुबेदी, कोषाध्यक्षमा सबिना गुरुङ, सहसचिब टेक क्षेत्री र सहकोषाध्यक्षमा सपना परियार निर्बाचित भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका नबनिर्बाचित सचिब कृष्ण सुबेदीले गुरुकुल खबरलाई जानकारी दिए।















