पोखरा, लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा न. ३ खुदिबाट वडा न. ६ नाईचे तर्फ जाँदै गरेको जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। मर्स्याङ्दी गाउँपालिका ३ खुदिबाट नाइचेस्थित हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा ८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
दुर्घटनामा परि जिपका चालक दोलखा जिल्लाको मेलुङ गाउँपालिका – ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुंगका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिएका छन। जिप अनयन्त्रित भएर सडकबाट ८ सय मिटर तल खस्दा गम्भीर घाइते भएका उनीहरुको प्रहरीले उद्धार गरेको थियो।
दुर्घटनाका घाइतेहरूलाई बेसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालमा उपचारको लागि लगिएकोमा उपचारको क्रममा उनिहरुको मृत्यु भएको बुझिएको छ। त्यस्तै सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका ४ का २० वर्षीय उमेश लिम्बू भने सकुसल रहेको प्रहरीले जनाएको छ।




















