Play

कोरोनाबाट शनिबार गण्डकीमा आठ जनाको मृत्यु

गुरुकुल खबर


पोखरा ।  शनिबार गण्डकीका ५१९ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २०१ जनामा गरिएको नमुना परीक्षणमा थप ५१९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

शनिबार संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४५६ जनाको नमुना परीक्षण गर्दा २५५ जना, तनहुँका ३४२ जनाको परीक्षण गर्दा १०७ जना, गोरखाका १९७ जनाको परीक्षण गर्दा ५७ जना, लमजुङका ३२ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ।

यस्तै नवलपुरका ८३ जनाको परीक्षण गर्दा ५४ जना, स्याङ्गजाका ६० जनाको परीक्षण गर्दा ३६ जना र बागलुङका ३१ जनामा गरिएको परीक्षण आठ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

शनिबार थपिएसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६७ हजार ७०२ पुगेको छ ।

यसैबीच शनिबार गण्डकीमा थप आठ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु पुष्टि हुनेमा स्याङ्गजाका एक जना, नवलपुरका दुई जना,  कास्की जिल्ला पोखरा महानगरका चार जना र पर्वतका एक जना छन् ।

अहिलेसम्म गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०९६ पुगेको निर्देशनालयले जनाएको छ ।

१६ श्रावण २०७८, शनिबार २०:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा