Play

प्रतिनिधिसभा बिघटनको बिरुद्ध र सुशिला कार्की नेतृत्वको सरकार असंबैधानिक भन्दै सर्वोच्चमा रिट

गुरुकुल खबर


काठमाडौँ,  जेनजी पुस्ताको नाममा भएको आन्दोलनपछि विघटित प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट पर्ने क्रम जारी छ। प्रतिनिधिसभा बिघटन असंबैधानिक कदम रहेको र सुशिला कार्की नेतृत्वको सरकार पनि असंबैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा मंगलवार बिहानबाट नै रिट पर्ने क्रम जारी रहेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। उनका अनुसार सरकार असंवैधानिक रहेको भनेर र प्रतिनिधि सभा विघटन विरूद्धमा  रिट परेको छन।

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट पर्ने क्रम जारी रहंदा बिहान ११.३० सम्ममा पाँच वटा रिट पुगेको बुझिएको छ । अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा र आयुष बडाल तथा मकबुल मिया गरि पाँचजनाले छुट्टाछुट्टै रिट सर्वोच्चमा पुर्याएको हुन् ।

रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ । असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्रीबाट भएका सबै निर्णयहरू बदर गर्न रिटमा माग गरिएको छ भने प्रधानमन्त्री र सरकारले गरेका निर्णयहरूको कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ ।

सर्वोच्च अदालतले आजदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्न सुरु गरेसँगै प्रतिनिधि सभा विघटनविरुद्ध रिट पुगेको हो । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको थियो । ‘रिट अध्ययनकै क्रममा छ। अध्ययनपछि बाँकी प्रक्रिया अगाडि बढ्छ,’ प्रवक्ता कोइरालाले भने।  भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालत पूर्ण जलेको छ। त्यसकारण त्यसयता सर्वोच्चले नयाँ मुद्दा लिएको थिएन।

झण्डै ८० प्रतिशत मुद्दाका मिसिल जलेका थिए। पुराना मुद्दा तत्काल अघि बढाउन नसकिने अवस्थामा सर्वोच्च अदालतले मंगलबारदेखि नयाँ मुद्दा हेरेर अघि बढाउन लागेको हो। नयाँ मुद्दा बढाउने भनेको पहिलो दिन नै सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरूद्ध मुद्दा परेको हो। जेनजी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो। प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए।

२८ आश्विन २०८२, मंगलवार ११:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा