Play

पोखराको राष्ट्रिय बहुउद्देश्यिय सहकारी संस्थाको साधारण सभा

गुरुकुल खबर


पोखरा, राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि.रामबजार पोखराको २३ औं साधारणसभा  सम्पन्न भएको छ ।  साधारणसभाको उद्घाटन गर्दै पूर्वमन्त्री तथा संस्थाका संरक्षक उत्तम बहादुर पुनले संस्थाले जति प्रगति गर्नुपर्ने हो त्यति गर्न नसकेको भन्दै चिन्ता ब्यक्त गरे । यो बहुउद्देश्यीय संस्था भएकोले एकैखाले काम मात्र नगरेर अन्य कामको पनि थालनी गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा शेयरधनी द्वय जनक बोहरा र कृष्ण प्रसाद दाहालले संस्थालाई नाफा गर्न सक्ने बनाउन र सृजनात्मक काम गर्ने तर्फ ध्यान दिन आग्रह गरेका थिए ।

साधारणसभाले लेखा समितिका संयोजक प्रताप पुनले प्रस्तुत गरेको लेखा प्रतिवेदन र संचालकको तर्फबाट संस्थाका अध्यक्ष पूर्णप्रसाद शर्माले  प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत रुपले पारित गरेको छ ।

संस्थाका अध्यक्ष पूर्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सिता दाहाल र सचिव सूर्य प्रसाद बाँस्तोलाले पनि संस्थाको गतिबिधि र अबस्थाका बारेमा चर्चा गरेका थिए ।

२६ आश्विन २०८२, आईतवार ११:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा