पोखरा, राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि.रामबजार पोखराको २३ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पूर्वमन्त्री तथा संस्थाका संरक्षक उत्तम बहादुर पुनले संस्थाले जति प्रगति गर्नुपर्ने हो त्यति गर्न नसकेको भन्दै चिन्ता ब्यक्त गरे । यो बहुउद्देश्यीय संस्था भएकोले एकैखाले काम मात्र नगरेर अन्य कामको पनि थालनी गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा शेयरधनी द्वय जनक बोहरा र कृष्ण प्रसाद दाहालले संस्थालाई नाफा गर्न सक्ने बनाउन र सृजनात्मक काम गर्ने तर्फ ध्यान दिन आग्रह गरेका थिए ।
साधारणसभाले लेखा समितिका संयोजक प्रताप पुनले प्रस्तुत गरेको लेखा प्रतिवेदन र संचालकको तर्फबाट संस्थाका अध्यक्ष पूर्णप्रसाद शर्माले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत रुपले पारित गरेको छ ।
संस्थाका अध्यक्ष पूर्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सिता दाहाल र सचिव सूर्य प्रसाद बाँस्तोलाले पनि संस्थाको गतिबिधि र अबस्थाका बारेमा चर्चा गरेका थिए ।















