काठमाडौँ, काठमाडौँको माइतीघर क्षेत्र र बानेश्वर क्षेत्रमा डा.निकोलश भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गरेकोमा प्रहरीले डा भुषाल सहित तिन जनालाई पक्राउ गरेको छ ।
काठमाडौँको माइतीघर मण्डलाबाट पक्राउ पर्नेहरुमा डा. निकोलस भुसाल र सञ्जीव दाहाल सहित तिनजना रहेको बुझिएको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।
सुरेन्द्र घर्ती नेतृत्वको जेनजीको समूहले गर्ने भनिएको ‘एनटिइके–जेड’ टिमले प्रदर्शन भने स्थगित भएको छ । तर, घुसपैठ हुनसक्ने र अवस्था भड्किने आकलन गरेर सुरक्षा तैनाथी बढाइएको प्रहरी अधिकृतले जानकारी दिए ।
घर्ती नेतृत्वले गर्ने भनेको प्रदर्शनमा घुसपैठ हुनसक्ने भन्दै काठमाडौँ प्रहरीले प्रहरी प्रधान कार्यालयसँग थप मद्दत मागेको थियो । सो समूहको प्रदर्शन स्थगित भए पनि सुरक्षा रणनीति कायम राखिएको प्रहरी अधिकृतहरू बताउँछन्।















