पोखरा, सुशिला कार्की नेतृत्वको बर्तमान अन्त्तारिम सरकार चार सदस्यीय बाट नौ सदस्यीय पुगेको छ। आइतबार थप ५ जनालाई मन्त्रीमा नियुक्त गरेसंगे मन्त्रीमंडलमा पुग्नेहरुको संख्या ९ पुगेको हो। नियुक्त भएका मन्त्रीहरुको सपथ सोमबार हुने भएको छ ।
नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा संचारकर्मी जगदीश खरेल नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार खरेललाई सञ्चारमन्त्रीमा नियुक्त गरेका हुन् ।
लामो समयदेखि टेलिभिजन पत्रकारितामा क्रियाशील खरेल इमेज टिभीका समाचार प्रमुख थिए । दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन्। हाल उनले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा विद्यावारिधी गरिरहेको बुझिएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा मन्त्रीका लागि प्रस्ताव गरेकी थिइन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा पुनलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।
यसैगरी स्वास्थ्य मन्त्रालयकी कर्मचारी संगीता कौशल मिश्रालाई स्वास्थ्य मन्त्रालयको बागडोर सम्हाल्ने गरी जिम्मेवारी दिइएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मिश्रालाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले मिश्रालाई स्वास्थ्यमन्त्री बन्न प्रस्ताव गरेकी थिइन् । प्रदीप पौडेल स्वास्थ्यमन्त्री हुँदा अतिरिक्त सचिव मिश्रा स्वास्थ्य सचिवकी प्रतिस्पर्धी थिइन् । तर तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको सचिव बढुवा गर्ने निर्णयमा नपरेकी उनि अहिले स्वास्थ्यमन्त्री बनेकी छन ।
यसैगरी कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी मदन परियारलाई दिइएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले परियारलाई कृषिमन्त्रीमा नियुक्त गरेका हुन् ।
परियार तत्कालीन राज्य पुनर्संरचनाका संयोजक हुन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले परियारलाई कृषि मन्त्री बन्नका लागि प्रस्ताव गरेकी थिइन् । यससँगै प्रधानमन्त्री कार्कीकाे नेतृत्वमा ९ सदस्यीय मन्त्रिपरिषद् बनेकाे छ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा कानुनमन्त्री बनेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सिन्हालाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् ।
















