Play

संचारमन्त्रीमा जगदीश, शिक्षामन्त्रीमा महाबीर र स्वास्थ्य मन्त्रीमा संगीतासहित पांच मन्त्री नियुक्त

गुरुकुल खबर


पोखरा, सुशिला कार्की नेतृत्वको बर्तमान अन्त्तारिम सरकार चार सदस्यीय बाट नौ सदस्यीय पुगेको छ। आइतबार थप ५ जनालाई मन्त्रीमा नियुक्त गरेसंगे मन्त्रीमंडलमा पुग्नेहरुको संख्या ९ पुगेको हो। नियुक्त भएका मन्त्रीहरुको सपथ सोमबार हुने भएको छ ।

नेपाल सरकारको सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीमा संचारकर्मी जगदीश खरेल नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार खरेललाई  सञ्‍चारमन्त्रीमा नियुक्त गरेका हुन् ।

लामो समयदेखि टेलिभिजन पत्रकारितामा क्रियाशील खरेल इमेज टिभीका समाचार प्रमुख थिए । दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन्। हाल उनले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा विद्यावारिधी गरिरहेको बुझिएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा मन्त्रीका लागि प्रस्ताव गरेकी थिइन् ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा पुनलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।

यसैगरी स्वास्थ्य मन्त्रालयकी कर्मचारी संगीता कौशल मिश्रालाई स्वास्थ्य मन्त्रालयको बागडोर सम्हाल्ने गरी जिम्मेवारी दिइएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मिश्रालाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले मिश्रालाई स्वास्थ्यमन्त्री बन्न प्रस्ताव गरेकी थिइन् । प्रदीप पौडेल स्वास्थ्यमन्त्री हुँदा अतिरिक्त सचिव मिश्रा स्वास्थ्य सचिवकी प्रतिस्पर्धी थिइन् ।   तर तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको सचिव बढुवा गर्ने निर्णयमा नपरेकी उनि अहिले स्वास्थ्यमन्त्री बनेकी छन ।

यसैगरी कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी मदन परियारलाई दिइएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले परियारलाई कृषिमन्त्रीमा नियुक्त गरेका हुन् ।

परियार तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक हुन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले परियारलाई कृषि मन्त्री बन्नका लागि प्रस्ताव गरेकी थिइन् । यससँगै प्रधानमन्त्री कार्कीकाे नेतृत्वमा ९ सदस्यीय मन्त्रिपरिषद् बनेकाे छ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा कानुनमन्त्री बनेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सिन्हालाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको हो । यसअघि कानुन मन्त्रालयको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले सम्हाल्दै आएका थिए । १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका उनी ६५ वर्षे उमेर हदका कारण १४ कात्तिक २०८० मा निवृत्त भएका थिए ।

५ आश्विन २०८२, आईतवार २१:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा