काठमाडौं, जेनजी पुस्ताको नाममा यहि भदौ २३ र २४ गते भएको आन्दोलनमा परि हालसम्म ७२ जनाको मृत्यु भएको छ। सरकारी तथ्यांक अनुसार आन्दोलनकारी वा सर्बसाधारणतर्फ ५९ जना, कैदीबन्दीहरु १० जना र सुरक्षाकर्मी तीनजनागरी ७२ जनाको मृत्यु भएको छ। बिभिन्न स्थानमा भएका घटनामा परि मृत्युहुनेको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
यसैबीच सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले मृतकहरुलाई शहीद घोषणा गर्ने र १०–१० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको मुख्यसचिव एक नारायण अर्यालले जानकारी दिए ।
साथै उनको अनुसार घाइतेहरुको निशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन् ।
उनले भने,‘मृतक व्यक्तिलाई शहीद घोषणा गर्ने र १० लाख उपलब्ध गराउने निर्णय भएको छ र घाईतेहरुको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशुल्क उपचारको व्यस्था गर्ने पनि निर्णय भएको जानकारी गराउँछु ।’















