Play

जेनजी आन्दोलनमा मर्नेको संख्या ७२ पुग्यो, शहिद घोषणा गरि १०/१० लाख दिने सरकारको निर्णय

गुरुकुल खबर


काठमाडौं, जेनजी पुस्ताको नाममा यहि भदौ २३ र २४ गते भएको आन्दोलनमा परि हालसम्म ७२ जनाको मृत्यु भएको छ।  सरकारी तथ्यांक अनुसार आन्दोलनकारी वा सर्बसाधारणतर्फ ५९ जना, कैदीबन्दीहरु १० जना र सुरक्षाकर्मी तीनजनागरी ७२ जनाको मृत्यु भएको छ। बिभिन्न स्थानमा भएका घटनामा परि मृत्युहुनेको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

यसैबीच सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले मृतकहरुलाई शहीद घोषणा गर्ने र  १०–१० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको मुख्यसचिव एक नारायण अर्यालले जानकारी दिए ।

साथै उनको अनुसार घाइतेहरुको  निशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन् ।

उनले भने,‘मृतक व्यक्तिलाई शहीद घोषणा गर्ने र १० लाख उपलब्ध गराउने निर्णय भएको छ र घाईतेहरुको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशुल्क उपचारको व्यस्था गर्ने पनि निर्णय भएको जानकारी गराउँछु ।’

२९ भाद्र २०८२, आईतवार १३:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा