Play

अडिटर्स एसोसिएसनको स्थापना दिवसमा पोखरामा प्रशिक्षण र सम्मान कार्यक्रम

गुरुकुल खबर


पोखरा,लेखा परिक्षकहरुको संस्था नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने क्रममा पोखरामा पनि प्रशिक्षण र सम्मान लगायतका कार्यक्रम गरि स्थापना दिवस मनाइएको छ।

नेपाल अडिटर्स एसोसिएसन (अडान) कास्कीका सदस्यहरूलाई नयाँ प्रविधिको जानकारी गराउने उद्देश्यले ‘व्यावसायिक अभ्यासमा कृत्रिम बौद्धिकताः अवसर तथा चुनौती’ विषयक प्रशिक्षण कार्यक्रम आयोजना गरिनुको साथै संस्थाका पूर्व अध्यक्षहरू केशवहादुर केसी, चन्द्रबहादुर सुवेदी, राजेन्द्र पौडेल, रुद्रनाथ पौडेल, कमल बहादुर रेग्मी र गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष पदमबन्धु पोखरेल एक कार्यक्रमको बीच सम्मान गरिएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला सचिव टंक पाण्डेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो

त्यस अबसरमा बोल्दै प्रमुख अतिथि पाण्डेले रजिस्टर्ड अडिटरहरुले आफ्नो पेसा व्यवसायमा आवश्यकता अनुसार व्यावसायिक ज्ञान र सीप हासिल गर्न जरुरी रहेको बताए । संस्थाका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले सदस्यहरूको पेसागत हकहितका पक्षमा संस्थाले गरेका कामहरू जानकारी गराउँदै गैरव्यवसायी बिचौलियाहरूको आक्रमणबाट सदस्यहरु जोगिनु नै अहिलेको चुनौती रहेको बताए।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले लेखापरीक्षकहरूले प्रचलित ऐन, कानुन, मापदण्ड समेतलाई अध्ययन गरी वित्तीय विवरणहरू पेस गर्न सुझाव दिए ।

काठमाडौं विश्वविद्यालयका एआई विज्ञ डा. मनोज शाक्यबाट प्रशिक्षित उक्त कार्यक्रम अडान कास्कीका अध्यक्ष गुणिनीधि पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश बास्तोला लगायतले आआफ्नो भनाई राखेको उक्त कार्यक्रमको सञ्चालन अडान कास्कीका सदस्य कृष्णराज ढुंगानाले गरेका थिए ।

१७ श्रावण २०८२, शनिबार २०:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा