Play

दाउराले हानेर श्रीमतीको हत्या पछि पुर्ब सैनिक ठाडाले प्रहरीलाई भने ‘मैले हत्या गरें सर’

गुरुकुल खबर


सुर्खेत, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ करेखोलामा  नेपाली सेनाबाट केहि समय अगाडी अबकास लिएका एक व्यक्तिले दाउराले प्रहार गरि श्रीमतीको हत्या गरेको छन। श्रीमतीको हत्या गरेपछि उनि आँफैले प्रहरीलाई फोन गरी आफूले हत्या गरेको जानकारी दिएका छन्।

शनिवार मध्यराति करिब १ बजे ४१ वर्षीया रविना ठाडाको हत्या भएको र हत्यामा संलग्न ४२ वर्षीय दानसिंह ठाडालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दानसिंहले प्रहरीलाई फोन गर्दै भने, ‘सर, श्रीमती मारेँ, पक्राउ गर्न आउनुहोस्।’ उनले आफैँले आफ्नो घरको ठेगाना समेत दिएको र तत्कालै प्रहरी चौकी करेखोलाबाट टोली पुगेर उनलाई आइतबार बिहान २ बजे पक्राउ गरेको थियो।

वीरेन्द्रनगर–१३ का वडाध्यक्ष दीपेन्द्रराज कोइरालाका अनुसार दानसिंहले प्रहरीलाई खबर गर्नु अघि आफूलाई समेत फोन गरेर प्रहरीको नम्बर मागेका थिए।

उनले भने, ‘राति मसँग पनि उसले नम्बर मागेको थियो। घर–परिवार सबैलाई फोन गरेको रहेछ। मान्छे चाहिँ इमान्दार हो। नेपाली सेनाबाट केही वर्षअघि मात्र रिटायर्ड भएको थियो।’

वडाध्यक्ष कोइरालाका अनुसार रविनालाई सुतेकै अवस्थामा दाउराले हानेर हत्या गरिएको देखिन्छ। दानसिंहले मादक पदार्थ सेवन छाडेको एक साता मात्र भएको जानकारी पनि उनले दिए।

हत्या घटनाका बेला घरमा श्रीमान्–श्रीमती मात्र थिए। उनीहरूका तीन छोरीमध्ये एक जापानमा छन्, दुई छोरीको बिहे भइसकेको छ भने छोरा दुबईमा रहेको प्रहरीले जनाएको छ।

रविनाको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

११ श्रावण २०८२, आईतवार १०:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा