Play

सरकारी सेवा सुबिधा फिर्ता गर्न पूर्व राष्ट्रपति भण्डारीको निबेदन, सत्ता समीकरणमा प्रभाव पर्न सक्ने

गुरुकुल खबर


पोखरा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रलायलमा निवेदन दिएकी छन् । उनले असार १८ गते बुधबारको मितिबाट लागू हुनेगरी सेवा सुविधा नलिने गरि निवेदन दिएको भण्डारी निकट श्रोतले जनाएको छ ।

‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा नलिने कुरा निवेदनको ब्यहोरामा उल्लेख गरिएको छ’ स्रोतले भनेको छ ।

भण्डारीले यहि असार १४ गते आफू एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् । गृहमन्त्रालयले पनि भण्डारीले सेवा सुविधा फिर्ताका लागि निवेदन दिएको पुष्टि गरेको छ ।

यस अगाडी पुर्ब राष्ट्रपति भण्डारी पुन राजनीतिमा फर्किने चर्चाले ब्यापकता पाउँदै गर्दा सामाजिक संजाल एबम जनस्तरमा राष्ट्रपतिको सेवा सुबिधा पनि लिने अनि राजनीतिमा पनि सक्रिय हुन खोज्ने भन्दै आलोचना हुने गरेको थियो ।

भण्डारीको यो कदमले उनि नेकपा एमालेको राजनीतिमा सक्रिय हुने स्पष्ट संकेत त दिएको छ नै यसबाहेक नेकपा एमाले भित्र अब केपी ओली र  बिध्या भण्डारीको नाममा गुटगत राजनीति बढ्ने र यसले हालको सत्ता समिकरणलाई समेत प्रभावित पार्नसक्ने अनुमान कतिपयले गरेका छन ।

१८ असार २०८२, बुधबार १५:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा