पोखरा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रलायलमा निवेदन दिएकी छन् । उनले असार १८ गते बुधबारको मितिबाट लागू हुनेगरी सेवा सुविधा नलिने गरि निवेदन दिएको भण्डारी निकट श्रोतले जनाएको छ ।
‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा नलिने कुरा निवेदनको ब्यहोरामा उल्लेख गरिएको छ’ स्रोतले भनेको छ ।
भण्डारीले यहि असार १४ गते आफू एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् । गृहमन्त्रालयले पनि भण्डारीले सेवा सुविधा फिर्ताका लागि निवेदन दिएको पुष्टि गरेको छ ।
यस अगाडी पुर्ब राष्ट्रपति भण्डारी पुन राजनीतिमा फर्किने चर्चाले ब्यापकता पाउँदै गर्दा सामाजिक संजाल एबम जनस्तरमा राष्ट्रपतिको सेवा सुबिधा पनि लिने अनि राजनीतिमा पनि सक्रिय हुन खोज्ने भन्दै आलोचना हुने गरेको थियो ।
भण्डारीको यो कदमले उनि नेकपा एमालेको राजनीतिमा सक्रिय हुने स्पष्ट संकेत त दिएको छ नै यसबाहेक नेकपा एमाले भित्र अब केपी ओली र बिध्या भण्डारीको नाममा गुटगत राजनीति बढ्ने र यसले हालको सत्ता समिकरणलाई समेत प्रभावित पार्नसक्ने अनुमान कतिपयले गरेका छन ।