पोखरा, पोखरा महानगरपालिका अन्तर्गत लेखनाथ क्षेत्रमा रहेका उद्योगी ब्यबसायीको साझा र छाता संस्थाको रुपमा रहेको लेखनाथ उद्योग बाणिज्य संघको महाधिबेशन आउन दुई महिना भन्दा बढी समय बाँकी रहेपनि लेखनाथका उद्योगी ब्यबसायीहरुलाई चुनाबी माहोलले छोईसकेको छ। बिशेष गरि नेपाली काँग्रेस र नेकपा एमालेमा आस्था राख्ने उद्योगी ब्यबसायोहरुले छुट्टाछुट्टै प्यानल बनाएर चुनाबी मैदानमा उत्रिने परम्परा जस्तै बनेको छ।
यस अगाडिका चुनाबमा पनि कांग्रेस र एमाले समर्थक ब्यबसायीहरुले माओबादी लगायत अन्यलाई आंफ्नो प्यानलमा मिलाएर चुनाबमा जाने प्रवृति देखिएको थियो र त्यस्तो अबस्था यस पटक पनि दोहोरिने पक्का जस्तै भएको छ ।
लेखनाथ उद्योग बाणिज्य संघमा यसपटक हालका अध्यक्ष बिनोद श्रेष्ठले दोश्रो कार्यकालको लागि चुनाब नलड्ने कुरा सार्बजनिक गरे संगै हालका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र महासचिब जानुका पराजुली अधिकारी चुनाबी मैदानमा जाने करिब पक्का जस्तै भएको छ। बरिष्ठ उपाध्यक्ष राजेन्द्र नेकपा एमाले समर्थक मानिन्छन भने जानुका नेपाली काँग्रेस समर्थक मानिन्छिन। राजेन्द्र लेखनाथ उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य हुँदै हाल बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका छन भने जानुका पनि कार्यसमितिको सदस्य हुँदै हाल महासचिबको जिम्मेवारीमा छन।
स्नातकोत्तर सम्मको अध्ययन गरेकी जानुकाले महासचिबको जिम्मेवारी लिएपछि आफ्नो नेतृत्व क्षमता र ब्यबसायीहरु संगको सम्पर्कलाई मजबुत बनाउन सकेको ब्यबसायीहरु बताउछन। बिगतमा राजनीतिक रुपमा नाली काँग्रेसको भात्री संस्था नेपाल महिला संघ लेखनाथको सभापति समेत बनेर काम गरेकी जानुका लेखनाथ उद्योग बाणिज्य संघमा सकिय हुन् थालेपछि भने पार्टीको जिम्मेवारीबाट अलग भएर उद्योग बाणिज्य संघका बिबिध गतिविधिमा नै सक्रिय छिन। उनको नेतृत्व क्षमता र ब्यबसायीहरुसंगको सम्पर्क समेत बलियो भएको भन्दै उनलाई नै अध्यक्षको उमेद्वार बनाउने निर्णयमा लेखनाथका कांग्रेस नेता कार्यकर्ता सहित कांग्रेस र माओबादी समर्थक ब्यबसायी पुगेको बुझिएको छ।
राजेन्द्र र जानुका यतिबेला आफ्नो प्यानल बनाउने गृहकार्यमा जुटिरहेका मात्र नभएर मतदाताको घर दैलोमा समेत पुग्ने अभियानलाई समेत तिब्रता दिन थालेका छन। राजेन्द्रले अहिले सम्म आफ्नो प्यानलमा को को पदाधिकारी राख्ने भन्ने अझै खुल्न नसकेको भएपनि उनले पदाधिकारी सहितको प्यानल बनाउने गृहकार्य गरिरहेको उनका निकटका हरु बताउछन। तर, जानुकाले भने आफ्नो प्यानलमा रहने पदाधिकारीहरुको टुंगो करिब लगाइसकेको बताइन्छ।
जसअनुसार जानुकाको प्यानलको बरिष्ठ उपाध्यक्षमा गोपी बाँस्तोला र प्रथम उपाध्यक्ष बिक्रम कर्माचार्य हुने करिब पक्का भएको छ। बाँस्तोला नेकपा माओबादी केन्द्र समर्थक र कर्माचार्य नेपाली कांग्रेस समर्थक मानिन्छन। जानुकालाई अध्यक्ष मानेर जानको लागि लेखनाथका कांग्रेस र माओबादी समर्थक ब्यबसायी तयार देखिएपछि जानुकाको अध्यक्ष निर्बाचित हुने सम्भावना बलियो देखिएको छ ।
जानुकाको प्यानलमा महासचिबको उमेद्वार कसलाई बनाउने भन्ने अझै टुंगो लागिसकेको छैन। तर, हालका उपमहासचिब भरत ओझा, कोषाध्यक्ष ध्रुबबाबु भट्टराई, कार्यसमिति सदस्य भरत थापा मध्ये एकजनालाई महासचिवको उमेद्वार बनाउने बताइएको छ। तिनै जना नेपाली काँग्रेस समर्थक मानिन्छन। ओझा हाल उपमहासचिब रहेको मात्र नभएर यस अगाडी कोषाध्यक्ष र दुई कार्यकाल सदस्य रहेर काम गरिसकेको कारण ओझा नै महासचिबको उमेद्वार बन्ने धेरैको अनुमान रहेको छ ।
यसैगरि संघको उपमहासचिबमा पनि कांग्रेस समर्थक गंगा मल्ललाई उमेद्वार बनाउने करिब टुंगो लागेको बुझिएको छ। बिभिन्न सामाजिक एबम ब्यबसायिक संस्थामा समेत सक्रिय गंगा यस अगाडी लोकप्रिय मतका साथ दुई पटकसम्म कार्यसमितिको सदस्यमा निर्बाचित भएकी थिईन। हाल उनि महिला उधमी समितिको संयोजक समेत रहेकी छन्।
यसैगरी जानुकाको प्यानलबाट संघको कोषाध्यक्षमा दुई कार्यकाल सम्म कार्यसमितिको सदस्य रहेर काम गरेका हरी बस्ताकोटीलाई उमेद्वार बनाउने बुझिएको छ।
यता नेकपा एमाले समर्थक ब्यबसायीहरुको तर्फबाट अध्यक्षको रोजाईमा परेका राजेन्द्रले भने आफ्नो प्यानलमा कसलाई उमेद्वार बनाउने भन्ने टुंगो लगाउन अझै सकेका छैनन। उनको प्यानलमा हालका प्रथम उपाध्यक्ष राजु सुबेदी बरिष्ठ उपाध्यक्षको उमेद्वार बन्ने चर्चा पनि चलेको छ। सुबेदी नेपाली काँग्रेस समर्थक भएपनि जानुकाको प्यानलबाट बरिष्ठ उपाध्यक्ष नपाएको कारण राजेन्द्रको प्यानलमा जाने भन्ने चर्चा चलेको हो। तर सुबेदीले के गर्लान भन्ने टुंगो लागेको छैन।
यसैगरि महासचिबमा एमाले समर्थक जिबन तिवारीको पनि चाहना रहेकोले उनि पनि राजेन्द्रको टिमबाट महासचिवको उमेद्वार बन्ने करिब टुंगो लागेको कतिपयको भनाई छ।
लेखनाथ उद्योग बाणिज्य संघको हालका अध्यक्ष बिनोद श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, प्रथम उपाध्यक्ष राजु सुबेदी र द्वितीय उपाध्यक्ष बिक्रम कर्माचार्य रहेका छन लेखनाथ उद्योग बाणिज्य संघको अधिबेशन आगामी भदौ महिनामा सम्पन्न हुँदैछ ।
लेखनाथ उद्योग बाणिज्य संघसंग सम्बन्धित केहि समाचार ..
२० औं लेखनाथ महोत्सब शुरु, साढे दुई लाखले मेला अबलोकन गर्ने (फोटो फिचर)
लेखनाथ महोत्सबको अबलोकन साढे दुईलाख दर्शकले गर्ने, नौ करोड रुपैयाको ब्यापारिक कारोबार हुने
१९ औं लेखनाथ महोत्सवको तेश्रो दिन ४० हजार दर्शकहरुद्वारा अवलोकन, १ करोड बराबरको कारोबार
लेखनाथ महोत्सवको दोश्रो दिन २० हजार दर्शकहरुद्वारा अवलोकन, ३० लाख बराबरको कारोबार
शिथिल अर्थतन्त्रलाई चलायमान गराउनु नै महोत्सवको मुख्य लक्ष्य हो–वरिष्ठ उपाध्यक्ष ओझा
लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित