Play

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित

प्रतिद्वन्दी भरतकुमार अधिकारीसँग ९४ मतको अन्तर


गुरुकुल खबर


पोखरा, लेखनाथ उद्योग वाणिज्य संघको नयाँ अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् । संघको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनमा आफ्ना एक मात्र प्रतिद्वन्दी भरतकुमार अधिकारीलाई ९४ मतले पछि पार्दै श्रेष्ठले जीत हासिल गरेका हुन् ।

विजयी श्रेष्ठले खसेको कुल १ हजार ७ सय ११ मतमध्ये ८ सय ८१ मत प्राप्त गरे भने अधिकारीले ७ सय ८७ मत ल्याए । यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र ओझाले २ सय ८० को फराकिलो मतान्तरले प्रतिष्पर्धी ऋषिराम जमरकट्टेललाई पराजित गरे । ओझाले ९ सय ७० मत प्राप्त गर्दा जमरकट्टेलले ६ सय ९० मत ल्याए ।

प्रथम उपाध्यक्षमा ८ सय ९६ मतका साथ उपेन्द्रराज सुवेदी (राजु) विजयी भए । गोपिचन्द्र बास्तोलाले ७ सय ७४ मत प्राप्त गरे । संघको द्वित्तीय उपाध्यक्ष पदमा विक्रम कर्माचार्यले ६ मतको झिनो अन्तरले प्रतिष्पर्धी मेनुका श्रेष्ठलाई पराजित गरे । कर्माचार्यले ८ सय ३७ मत प्राप्त गर्दा श्रेष्ठले ८ सय ३१ मत प्राप्त गरे । महासचिव पदमा जानुका अधिकारी पराजुली विजयी भइन् ।

उनले प्रतिद्वन्दी जीवन तिवारीलाई पछि पारिन् । पराजुलीले ९ सय २९ मत ल्याउँदा तिवारीले ७ सय मत ल्याए । यस्तै उप–महासचिव पदमा भरतराज ओझा र कोषाध्यक्षमा ध्रुव बाबु भट्टराई निर्वाचित भए ।

२५ भाद्र २०८०, सोमबार १३:१७ मा प्रकाशित
Nabintech